• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

राष्ट्रिय बीमा संस्थान ५५ वर्षमा प्रवेश:प्रतिस्पर्धी सेवामा अग्रणी

खप्तड मालिका न्युज February 24, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ, फागुन १२ गते – अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बीमा संस्थान बीमा बजारमा प्रतिस्पर्धी बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय बीमा संस्थान स्थापनाको ५५औँ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहमा उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय प्रचलन र अभ्यासअनुरूप बीमा सेवाको विकास, विस्तार र विकास गरी आकर्षक बीमा योजना, सेवाको विविधीकरण, आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यकुशलतामा वृद्धि, आर्थिक अनुशासन, व्यावसायिक कार्ययोजनाको अवलम्बन गर्नुहोस् । ”

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा भनेकै विश्वासको बजार भएको भन्दै नेपालको जीवन बीमा बजारको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गर्न सदैव प्रयत्नशील रहनुपर्ने बताउनुभयो । संस्थान सञ्चालक समितिका अध्यक्ष वसन्तराज पाण्डेले बीमाको क्षेत्रमा विश्वसनीय र भरपर्दो सेवा प्रदान गर्दै आएको संस्थान दक्ष जनशक्ति र आधुनिक प्रविधिको माध्यमबाट उच्चस्तरको सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

उचित प्रतिफल र जोखिम व्यवस्थापनको माध्यमबाट छरिएर रहेको पुँजीका विकास तथा उक्त पुँजीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्दै संविधानले परिलक्षित गरेको समाजवाद उन्मुख स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकासमार्फत देशको आर्थिक समृद्धि र गरिबी न्यूनीकरणमा संस्थानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

संस्थानका प्रशासक कवि पाठकले सरकारी स्वामित्वको संस्थानले जीवन बीमाको क्षेत्रमा क्रियाशील अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्दै बजारमा आफ्नो हिस्सा बढाउँदै लैजाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने बताउनुभयो । चालू आर्थिक वर्षको छ महिनासम्ममा जीवन बीमा प्रदायकको जीवन बीमा कोषमा रहेको चार खर्ब ५२ अर्ब ७९ करोड रुपियाँमध्ये संस्थानको कोषमा ३८ अर्ब ७८ करोड रुपियाँ रहेको जानकारी दिनुभयो ।

यस अवधिमा सङ्कलित बीमा शुल्क ७० अर्ब ९१ करोड रुपियाँमध्ये संस्थानको छ अर्ब पाँच करोड छ । यसरी हेर्दा कुल बीमा कोष र बीमा शुल्क सङ्कलनमा संस्थानको हिस्सा करिब ८.५ प्रतिशत रहेको छ । त्यसैगरी, संस्थानमा हाल कायम रहेको कुल बीमालेख सङ्ख्या छ लाख ३९ हजार छ । कार्यक्रममा संस्थानमा बीमा शुल्कका आधारमा उत्कृष्ट १० जना अभिकर्तालाई पदकसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । यसैगरी, संस्थानमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पनि सो अवसरमा सम्मानित गरिएको थियो ।

यो समाचार आजको गोरखापत्रमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑