• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 03, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

नक्कली जुँगा लगाउनुपर्ने विषयमा राजेशको तर्क

खप्तड मालिका न्युज February 23, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

११ फागुन, काठमाडौं – अभिनेता राजेश हमालले चलचित्र ‘फर्की आऊ’का लागि कपाल काट्दा ठूलै चर्चा भयो । कारण, त्यसअघिका चलचित्रमा राजेशले प्रहरीको भूमिका निभाउँदा समेत कपाल काट्न मानेका थिएनन् ।

राजेशले लामो कपाल पालेर प्रहरीको भूमिकामा देखिंदा कैयौंपटक आलोचना पनि भएको थियो । तर कपाललाई प्रिय मान्ने उनले भूमिकाअनुसार आफूलाई परिवर्तन गर्ने कोशिश गरेनन् ।

तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरेका राजेश हमालको लामो कपाल नै उनको ‘सिग्नेचर’ बनेको छ । त्यसैले आजसम्म पनि उनी लामै कपालमा बढी देखिन्छन् ।

नेपाली चलचित्रमा कुनै भूमिकाका लागि आफूलाई परिवर्तन गर्नुभन्दा पनि नक्कली सामानहरुको प्रयोग गर्ने कलाकार बढी छन् । केही दिनअघि सार्वजनिक भएको राजेश अभिनित ‘हजुर मुसुक्कै’ बोलको गीतमा उनले नक्कली जुँगा राखेका छन् । यो गीतमा एक राज्यको राजाको भूमिकामा देखिएका उनले ‘सक्कली जुँगा’ पालेको भए अझै उनको अभिनयमा जीवन्तता देखिने विश्लेषण पनि सुनिन्छ ।

यो गीतका लागि राजेशसँग लामो समयदेखि कुरा भएको थियो । यो अवधिमा उनले सक्कली जुँगा नै पाल्न सक्थे । तर राजेशले यो चेष्टा पनि गरेनन् ।

यो विषयमा राजेशको आफ्नै तर्क छ । उनी भन्छन्, ‘कलाकार भइसकेपछि एउटै कामका लागि लामो समय दिन पनि नसकिने रहेछ । आज एउटा काम गरेर भोलि अर्को काम गर्नुपर्छ । यसैले पनि हामीले नक्कली सामानको प्रयोग गर्नुपर्ने हुन्छ ।’

एउटा गीतका लागि जुँगा पाल्दा केही हप्ता लाग्छ । तर त्यो बीचमा अरु प्रोजेक्टमा पनि काम गर्नुपर्ने हुनाले यो सम्भव नभएको हमालको तर्क छ । हालै मात्र एउटा विज्ञापनमा अभिनय गरेका हमालले नक्कली जुँगा नै राखेका छन् ।

यो समाचार आजको अनलाईन खबरमा छ ।

सम्बन्धित पोस्ट
  • यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि
  • केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

    समाचार

    यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑