
बाजुरा: सुदूरपश्चिम प्रदेश सरकारले बाजुरा र अछाम जिल्लाका महत्वपूर्ण धार्मिक, पर्यटकीय तथा प्राकृतिक क्षेत्रलाई समेटेर बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार धनगढीमा आयोजित एक कार्यक्रमबीच प्रदेश वन ऐन, २०७७ को दफा २६ (१) बमोजिम बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेका हुन्।

मुख्यमन्त्री शाहको अध्यक्षतामा साउन १९ गते बसेको सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। घोषित संरक्षण क्षेत्रमा बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाका वडा नं. ५, ६, ७ र ८ तथा त्रिवेणी नगरपालिकाका वडा नं. ५, ६, ७ र ९ समेटिएका छन्। त्यस्तै अछाम जिल्लाको मेल्लेख गाउँपालिकाका वडा नं. १ र २ तथा रामारोशन गाउँपालिकाका वडा नं. ४, ५ र ६ समावेश गरिएको छ। यी क्षेत्रलाई समेटेर कुल ४९८.४ वर्ग किलोमिटर क्षेत्रफललाई बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरिएको मुख्यमन्त्री कमल बहादुर शाहकाे सचिवालयले जनाएकाे छ।
बडीमालिका र रामारोशन क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन्। संरक्षण क्षेत्र घोषणासँगै यस क्षेत्रमा रहेका वन, वन्यजन्तु, जैविक विविधता तथा प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। बडीमालिका क्षेत्र बाजुराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य हो भने रामारोशन अछामको प्राकृतिक सौन्दर्य, तालतलैया र जैविक विविधताका लागि परिचित क्षेत्र हो। दुई जिल्लाका यी महत्वपूर्ण क्षेत्रलाई एउटै संरक्षण क्षेत्रमा समेटिएपछि प्राकृतिक स्रोत संरक्षणसँगै अन्तरजिल्ला पर्यटन विकासको सम्भावना थप बलियो बन्ने अपेक्षा समेत गरिएकाे छ ।
प्रदेश सरकारले संरक्षण क्षेत्र घोषणालाई वन तथा जैविक विविधताको संरक्षण, स्थानीय समुदायको सहभागिता र पर्यापर्यटन विकाससँग जोडेर अघि बढाउने जनाएको छ। संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापनमार्फत स्थानीय बासिन्दाको जीविकोपार्जनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। साभार : बडिमालिका खवरबाट ..

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर