
बाजुरा: जिल्ला खेलकुद विकास समिति बाजुराले पर्णता पाएकाे छ । जिल्ला खेलकुद विकास समिति बाजुराका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सदरमुकाम मार्तडीस्थित खेलकुद समितिको कभर्डहलमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष कोपिला सिंहले मनोनीत पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

यसअघि प्रदेशले जिल्ला खेलकुद समितिको अध्यक्षमा कोपिला सिंहलाई मनोनित गरेको थियो भने हाल उपाध्यक्षमा छत्रबहादुर रौले, कोषाध्यक्षमा महेश कार्की, सदस्यमा सागर धामी, सुरेश खड्का, अप्सरा रावल, सुरेन्द्रा शाही र कल्पना विक नियुक्त भएका छन् । सपथ ग्रहण गर्दै उनीहरुले जिल्लाको खेल क्षेत्रको विकासको लागि आफ्नो क्षेत्रबाट पूर्ण सहयोगको प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा कुमारी थापाले तत्कालीन जिल्ला खेलकुद समितिले जिल्लाको खेल क्षेत्रको विकास र बलियो बनाउन ठुलो योगदान गरेको उल्लेख गर्दै नयाँ समितिलाई थप विकास र सुधारका लागि शुभकामना व्यक्त गरेकी छन् । यस्तै सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जिल्लामा खेलकुद क्षेत्रको विकास, खेलाडीको क्षमता अभिवृद्धि, स्थानीय स्तरमा खेलकुद गतिविधिको विस्तारमा समितिका पदाधिकारी तथा सदस्यहरुको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।

यस्तै जिल्ला खेलकुद समिति अध्यक्ष कोपिला सिंहले जिल्लामा खेलकुदको वातावरण निर्माण गर्न स्थानीय तह, विद्यालय, सरोकारवाला, क्लब तथा खेलाडीहरूसँग समन्वय गरी विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाएकी छन् ।जिल्लामा खेलकुदका लागि आवश्यक पूर्वाधारको अभाव, नियमित प्रतियोगिताको कमी तथा प्रतिभावान् खेलाडीले पर्याप्त अवसर नपाउने समस्या रहँदै आएको अवस्थामा नयाँ समितिले खेल क्षेत्रको विकासमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
जिल्ला खेलकुद समितिका अध्यक्ष कोपिला सिंहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको प्रमुख अतिथि थिए भने बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापा, जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी, जिल्ला स्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरू र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर