
बझाङ : जिल्ला खेलकुद समिति बझाङले पूर्णता पाएको छ। जिल्ला खेलकुद समितिका अध्यक्ष कमलबहादुर सिंहको अध्यक्षतामा साेमबार बसेको बैठकले समितिलाई पूर्णता दिएको हो। सदरमुकाम चैनपुरमा रहेको जिल्ला खेलकुद समितिको कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्यहरूलाई अध्यक्ष सिंहले शपथ ग्रहण गराउँदै समितिलाई पूर्णता दिएका हुन्।

शपथ ग्रहण गर्नेमा उपाध्यक्ष कलक विक, कोषाध्यक्ष विक्रम खातीसहित सदस्यहरू रोशन मल्ल, गणेश भण्डारी, कमल अधिकारी, रुमला जाग्री, मनिषा खड्का, किशोर थापा र सुरेन्द्रबहादुर सिंह रहेका छन्। शपथग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति बझाङका प्रमुख नरबहादुर बोहरा, सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशी लगायत सुरक्षा निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
समितिले पूर्णता पाएसँगै जिल्लाको खेलकुद क्षेत्रले नयाँ गति लिने अपेक्षा गरिएको छ। अध्यक्ष कमलबहादुर सिंहले सबै पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गरे जिल्लाको खेलकुद क्षेत्रमा सुधार ल्याउन सकिनेमा आफू ढुक्क रहेको बताए।
अध्यक्ष सिंहले जिल्लामा पर्याप्त खेलमैदान नहुँदा खेलाडीहरूले समस्या भोग्नुपरेको भन्दै चिन्ता व्यक्त गरे। खेलमैदानको अभावकै कारण जिल्लामा नयाँ खेलाडी उत्पादन गर्नसमेत कठिनाइ भइरहेको उनको भनाइ छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर