• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 02, Jul, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिका ७ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा: बडीमालिकाका ८ वटा वडा छाउपडी गाेठमुक्त

खप्तड मालिका न्युज July 2, 2026 मा प्रकाशित (३ घण्टा अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

खप्तड माालिका न्युज,बाजुरा: ‘छाउपडी कु-प्रथा अनत्य गराैँ,स्वच्छ समाज निमार्ण गराैँ’ भन्ने मूल नारा सहित बडीमालिका नगरपालिका वडा.नम्बर ७ लाई छाउपडी कु-प्रथा तथा गाेठमुक्त वडा घाेषणा गरिएको छ।वडा कार्यालयकाे आयोजनामा विहिवार एक औंपचारीक कार्यक्रमका बिच वडालाई छाउपडी कु-प्रथा तथा गाेठमुक्त वडा घाेषणा गरिएको हाे।

पालिकाले ‘महिलासँग उपप्रमुख कार्यक्रम’ मार्फत आठाैँ वडाका रुपमा वडा नम्बर ७ लाई छाउपडी कु-प्रथा तथा गोठमुक्त वडा घोषणा गरेको हो।नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागी अहिलेसम्म आठ वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ।

कार्यक्रम अनुसार छाउपडी गोठमुक्त घोषणाका लागि ९० प्रतिशत घर गोठमुक्त हुनुपर्ने व्यवस्था छ।साेही अनुसार, वडामा ९० प्रतिशत गाेठमुक्त भएर सबै महिलाहरु सुरक्षित रुपमा घरभित्र बस्न थालेपछि छाउपडी कु-प्रथा तथा गोठमुक्त वडा घोषणा गरिएको वडाअध्यक्ष धर्मराज पाध्यायले बताए।

उनका अनुसार,वडामा ४ सय ५५ घरधुरी तथा २ हजार ७ सय १२ जनसंख्या रहेकाे यस वडामा पालिका र वडाकाे नेतृत्वमा सञ्चालन गरिएको निरन्तर जनचेतना,घरदैलो अभियान,अनुगमन तथा सराेकारवाला निकायकाे सहकार्यबाट वडालाई छाउपडी गाेठमुक्त घाेषणा गरिएको जानकारी दिए।

अभियानकाे सुरुवातमा रहेका १८ वटा तथा विचकाे अवधिमा १० वटा छाउगाेठ हाल पूर्ण रुपमा भत्काई प्रयाेगविहिन अवस्थामा ल्याई अहिले महिलाहरु सुरक्षित रुपमा घरभित्रै बस्न थालेका छन्।स्थानीय नागरिकहरुलाई ‘आफ्ना गाेठ,आफै भत्काउ’ अभियान समेत सञ्चालन गरिएको थियाे।

छाउपडी प्रथा अन्त्य गर्न स्थानीय सरकार र सरोकारवाला निकायहरूको संयुक्त टोलीले वडाका विभिन्न स्थानमा पटकपटक अनुगमन गरी बाँकी रहेका गोठहरू तत्काल हटाउन सम्बन्धित परिवारलाई निर्देशन दिईनुका साथै नहटाईएका गाेठ तत्काल प्रयाेगविहिन अवस्थामा ल्याउन
आग्रह समेत गरिएको थियाे।बडीमालिका ७ अन्य वडाकाे तुलनामा छाउपडी प्रथा बढि प्रचलनमा रहने वडाकाे रुपमा परिचित हुँदै आएकाे वडा हाे।

पछिल्लो समय जनचेतनामूलक अभियानसँगै छाउप्रथा र छाउगाेठकाे स्थिति सामान्य भए पश्चात्,वडालाई छाउपडी गाेठमुक्त वडा घाेषणा गरिएको वडीमालिका नगरपालिका ७ नम्बर वडा कार्यालयले जनाएको छ।छाउपडी गाेठमुक्त वडा घाेषणा कार्यक्रममा छाउपडी प्रथा सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम,देउडा,सडक नाटक,एकल गायन लगायतकाे प्रर्दशनी गरिएको थियाे।

साथै वडालाई छाउपडी प्रथा तथा गाेठमुक्त वडा घाेषणा गर्नमा सहयाेग पुर्याउने विभिन्न संघसंस्था,स्वास्थ्य संस्था,
विद्यालय,टाेल विकास संस्था,समूह,महिला समूह,स्वास्थ्य स्वयंसेवीका,संचारक्षेत्र तथा संचारकर्मी,लगायत विभिन्न सराेकारवाला निकायलाई सम्मान तथा प्रशंसा पत्र वितरण गरिएको थियाे।

वडाअध्यक्ष धर्मराज पाध्यायकाे अध्यक्षतामा सञ्चालन भएको छाउपडी कु-प्रथा तथा गाेठमुक्त वडा घाेषणा कार्यक्रममा बडीमालिका नगरपालिकाकी उप-प्रमुख नन्दा थापा प्रमुख अतिथि रहनु भएको थियाे। त्यस्तै बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाेकराज जाेशी विशिष्ट अतिथि रहनु भएको थियाे।

कार्यक्रममा वडा सदस्य लाेकेन्द्र राेकाया,झिरु विक,महिला वालवालिका शाखा प्रमुुख केशरी राेकाया लगायत अतिथि रहेका थिए।वडा सदस्य लाेकेन्द्र राेकायाले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा विभिन्न राजनितीक दलका प्रमुख एव्ं प्रतिनिधि,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि,सहयाेगी संस्थाका प्रमुख एवं प्रतिनिधि,विभिन्न टाेल समुहका प्रतिनिधि,महिला समूह,स्वास्थ्य स्वयंसेविका,विभिन्न विद्यालयका प्रधानाध्यापक,विद्यार्थी लगायत पत्रकारकाे सहभागीता रहेकाे थियाे।

सभ्य समाज निर्माणमा जाेड:

कार्यक्रममा बाेल्दै कार्यक्रमकी प्रमुख अतिथि नन्दा थापाले छाउपडी प्रथाकाे अन्य गरि सभ्य समाज निर्माणमा जाेड दिन आवश्यक रहेकाे बताएकी थिईन्।उनले छाउपडी प्रथाले समाजमा नकारात्मक असर पार्ने हुँदा यसलाई जरै देखि निर्मुल गर्न आवश्यक रहेकाे बताईन्।

छाउपडी कु-प्रथा र छुवाछूतकाे अन्य नगरि समाजले कुनै पनि हालतमा परिवर्तनकाे सास फेर्न नसक्ने हुँदा यस्ता खाले कुसंस्कार र कुरितिकाे अनत्य गर्न आवश्यक रहेकाे उनकाे भनाइ थियाे।नगरपालिकाले पालिका भित्र रहेका ७ वटा वडालाई यस अघि नै छाउपडी गोठमुक्त वडा घोषणा गरिसकेकाेे बताउँदै ७ नम्वर वडालाई समेत औंपचारीक रुपमा घाेषणा गरिएको उल्लेख गरिन्।

यो आर्थिक वर्ष भित्रै सिंगाे पालिकालाई छाउपडी कु-प्रथा र गाेठमुक्त घाेषणा गर्ने अभियानका साथ नगरपालिकाले तिव्र तयारी थालेर अघि बढेकाे प्रष्ट पारिन्।बाँकी १ नम्बर वडालाई समेत छाउपडी गाेठमुक्त वडा घाेषणा गरि सिंगाे पालिकालाई छाउपडी कु-प्रथा तथा गाेठमुक्त वडा घाेषणा गरिने जिकिर गरिन्।सभ्य समाज निर्माण आजकाे प्रमुख आवश्यकता रहेकाे नगर उपप्रमुख थापाले औंल्याईन्।

उनले भनिन्,‘छाउपडी प्रथा समाजकाे गरिमा,महिला अधिकार र मानव स्वास्थ्य संग जाेडिएकाे सामाजिक विकृति हाे।यसलाई निर्मुल पार्न जरुरी छ। छाउपडी प्रथाकाे अन्त्य,सभ्य समाज निर्माणकाे आधार हाे।गाेठमुक्त अभियानलाई निरन्तरता दिदैँ महिलाले सुरक्षित र सम्मानपूर्वक जीवन विताउने वातावरण सिर्जना गर्न पालिका प्रतिबद्द छ’।

त्यस्तै कार्यक्रममा बाेल्दै कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत लाेकराज जाेशीले यस्ता प्रथाकाेे अन्त्य गर्न सबै स्थानीय सरकारले प्रतिबद्द भएर लाग्नुपर्नेमा जाेड दिए। उनले छाउपडी गाेठमुक्त केवल औँपचारीकता नभई व्यवहारमा परिवर्तन ल्याउने अभियान भएकोले यस्ता अभियानलाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने धारणा राखे।

छाउपडी प्रथा,भेदभाव र छुवाछूतका बिषयमा समाजमा जनचेतना फैलाउन आवश्यक रहेकाे बताउँदै यसकाे दिगाे समस्या समाधानका लागी सबै नागरिक,जनप्रतिनिधि,
महिला समूह,विद्यालय,सञ्चारकर्मी तथा सराेकारवाला निकायकाे निरन्तर सहकार्य आवश्यक रहेकाे प्रष्ट पारे।

कार्यक्रममा बाेल्नेे अधिकांश वक्ताहरुले छाउपडी कु-प्रथा तथा गाेठमुुक्त घाेषणा अभियान केवल अभियानमा मात्र सिमित नभई प्रत्येक समाज र व्यवहारमा लागू हुनुपर्ने बताएका थिए।वडालाई छाउपडी गाेठमुक्त वडा घाेषणा गरिसके पछि समाजमा फेरि छाउप्रथा,छाउगाेठ र कुनै पनि घटना घट्न नहुनेमा जाेड दिएका थिए।

कार्यक्रम समापन गर्दै कार्यक्रमका अध्यक्ष धर्मराज पाध्यायले लामाे समयकाे अथक प्रयास पछि वडालाई छाउपडी गाेठमुक्त वडा घाेषणा गरिएकाे बताए।उनले पटकपटककाे अनुगमन,जनचेतनामूलक कार्यक्रम,छाउगाेठ भत्काउने तथा प्रयाेेगविहिन राख्ने जस्ता कार्यले याे कार्य सम्भव भएको उल्लेख गरे। वडालाई छाउपडी गाेठमुक्त घाेषणा गर्न सहयाेग पुर्याउने सबैलाई धन्यवाद समेत दिएका हुन्।

समाज बदल्न र समाजलाई सकारात्मक बाटाेमा डाेर्याउन सबैले जिम्मेवार बन्नुपर्ने कुरामा जाेड दिदैँ अध्यक्ष पाध्यायले वडालाई छाउपडी कु-प्रथा तथा छाउगाेठ मुक्त गरिसके पछि आगामी दिनमा छाउपडी प्रथा र काेही कसैले छाउगाेठ प्रयाेग गरेर बसेकाे पाईएकाे खण्डमा प्रहरीकाे टाेली परिचालन गरि कार्वाही गरिने र जवाफदेही स्वयमले हुनुपर्ने बताएका हुन्।

साथै उनलेे छाउपडी प्रथालाई समाजबाटै निर्मुल गर्न छाउगाेठ मुक्त घाेषणा मात्र नभई सम्पूर्ण नागरिक शिक्षित हुनुपर्ने र छाउपडी सम्बन्धि जनचेतना फैलान आवश्यक रहेकाे उनकाे भनाई थियाे।नगरपालिकाले वडा.नम्बर ७ लाई गाेठमुक्त वडा घाेषणा गरेसँगै अब पालिकाकाे वडा.नम्वर १ मात्रै छाउपडी गाेठमुक्त वडा घाेषणा गर्न बाँकी छ।

बडीमालिका ७ लाई छाउपडी गाेठमुक्त घाेषणा गर्दै सम्पूर्ण जनप्रतिनिधि,कर्मचारी,शिक्षक,स्वास्थ्यकर्मी,महिला,
तथा आमा समूह,किशाेरी समूह,युवाक्वलव तथा धार्मिक तथा सामाजिक अगुवा,तथा सम्पुर्ण नागरिकहरुले छाउपडी गाेठमुक्त प्रतिबद्दता अभियानमा हस्ताक्षर समेत गरेका छन्।

उनीहरुले छाउपडी प्रथाकाे पूर्ण अन्त्य गर्न प्रतिबद्द छाैँ,कुनै पनि महिला तथा किशाेरीलाई महिनावारी भएका वेला छाउगाेठमा बस्न दिने छैनौं,नयाँ छाउगाेठ निर्माण नगर्ने र भएका छाउगाेठ प्रयाेग गर्न नदिनुका साथै महिलाकाे सम्मान हाम्रो अभियानलाई आत्मसाथ गर्दै अघि बढ्ने बाचा सहित हस्ताक्षर गरेका हुन्।

 

छाउपडी प्रथा:

महिला महिनावारी भएको वेला घरभन्दा टाढा गाेठमा राख्ने प्रचलन नै छाउप्रथा हाे। यसबेला महिलाहरुलाई घरभन्दा टाढा छुट्टै गाेठमा राखिन्छ।घरभित्र बस्दा देविदेवता रिसाउने डरले महिनाबारी भएको बेला प्रायः महिलाहरु छाउगाेठमै बस्ने गर्छन्।सुदूर पहाडी जिल्लाका अझै याे प्रथा विकराल छ।

घर भित्र बसाल्दा देवीदेउता रिसाउने जसले गर्दा घरमा अनिष्ट हुने,गाईबस्तुको गोरस दिदा गाईबस्तु बिरामी हुने ब्याउन नसक्ने यावत् अन्धविश्वासले यहाँका महिलाहरुलाई महिनावारी भएका बेला छुट्टै बसाल्ने प्रचलन छ।

महिनावारी भएको वेला घरभित्रै बस्दा देवी देउता रिसाउने,अनिष्ट हुने जस्ता अन्धबिश्वासलाई चिर्दै गाउँलाई छाउपडी गोठमुक्त बनाउन सबैले हातेमालो गरेर अगाडी बढेको खण्डमा छाउपडी प्रथालाई निर्मुल गर्न सकिने सराेकारवाला निकायकाे भनाइ छ ।

पछिल्लो समय बाजुराका सबै स्थानीय तहले महिनावारी भएका बेला बस्नका लागि बनाइएका छाउगोठहरुलाई तत्काल भत्काएर घरभित्रै सुरक्षित तरिकाले बस्न र बसाउनका लागि घरपरिवारलाई सुझाव दिदै आएका छन्।

सम्बन्धित पोस्ट
  • पोषण क्षेत्रमा स्थानीय तहको लगानी न्युन, चार पालिका समीक्षामा सहभागी भएनन्
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिका ७ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा: बडीमालिकाका ८ वटा वडा छाउपडी गाेठमुक्त

    पोषण क्षेत्रमा स्थानीय तहको लगानी न्युन, चार पालिका समीक्षामा सहभागी भएनन्

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    समाचार

    बडीमालिका ७ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा: बडीमालिकाका ८ वटा वडा छाउपडी गाेठमुक्त

    पोषण क्षेत्रमा स्थानीय तहको लगानी न्युन, चार पालिका समीक्षामा सहभागी भएनन्

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑