
बाजुरा: जिल्लाका ९ वटै स्थानीय तहले बालबालिका र सुनौला हजार दिनका आमाहरुलाई कुपोषणबाट बचाउनकबा लागि संचालन हुँदै आएको बहुक्षेत्रीय पोषण कार्यक्रममा लगानी न्युन रहेको पाइएको छ ।

चार नरपालिका र पाँच गाउँपालिका रहेको यहाँका स्थानीय तहले पोषण क्षेत्रको सुधारका लागि लगानी गर्न न्युन बजेट विनियोजन गर्ने गरेको पालिकाका बहुक्षेत्रीय पोषण सहजकर्ताहरुले बताएका छन् ।
बुधबार जिल्ला समन्वय समिति बाजुराले आयोजना गरेको बहुक्षेत्रीय पोषण परियोजना विशेष समीक्षा कार्यक्रममा स्थानीयहरुले पोषण क्षेत्रमा बजेट न्युन छुट्याउने गरेको खुलासा भएको छ ।
संघीय सरकारको सामानीकरणको कुल बजेटको १५ प्रतिशत बजेट स्थानीय तहले व्यवस्था गर्नुपर्ने भएपनि जिल्लाका कतिपय स्थानीय तहले उक्त बजेट विनियोजन नगर्ने गरेको गुनासो गरिएको छ ।
संघीय सरकारले दिने नगरपालिका र गाउँपालिकामा दिने बजेट समयमै निकासा नहुने हुँदा बजेट कार्यान्वयनमा पनि थप समस्या हुने गरेको पालिकाका पोषण सहजकर्ताहरुले गुनासो गरेका छन् ।
संघीय सरकारको समानीकरणको बजेट असारमा आएर बजेट कार्यान्वयनका लागि परिपत्र हुने गरेकोले बहुपोषणले तोकेको कार्य क्षेत्रका आधारमा काम गर्न निकै चुनौती भएको उनीहरुले जिल्ला समन्वय समिति बाजुराका प्रमुखसंग समीक्षा कार्यक्रममा गुनासो गरेका हुन् ।
९ स्थानीय तहका त्रिवेणी,बुढीगंगा नगरपालिका र हिमाली र स्वामीकार्तिक गाउँपालिकाका पोषण सहजकर्ता भने वार्षिक समीक्षा कार्यक्रममा सहभागी भएका थिएनन् । जिल्ला समन्व्य समितिले बोलाएको वार्षिक समीक्षा कार्यक्रममा उक्त चार पालिकाका पोषण सहजकर्ता नआएको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ।
अन्य पाँच पालिकाका पोषण सहजकर्तालृ वर्ष भरी गरेका काम र आगामी वर्षको पोषणका लागि रणनीति र बजेट व्यवस्थापन सही नहुँदा भोग्नु परेका समस्याहरुको बारेमा समीक्षा कार्यक्रममा जानकारी गराइएको थियो ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतमा संचालन भएको वार्षिक समीक्षा कार्यक्रममा उप प्रमुख लाछु सार्की, निमित्त समन्वय अधिकारी संजय चौधरी जिल्ला समन्वय समितिका सदस्यहरु सहित पाँच पालिकाका पोषण सहजकर्ता सहभागी रहेका थिए । कार्यक्रमको संचालन नायव सुव्बा दिपेन्द्र पाण्डेले गरेका थिए ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर