• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 07, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

खप्तड मालिका न्युज June 7, 2026 मा प्रकाशित (५ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराका बरिष्ठ नेता तथा केन्द्रीय अनुशासन समिति सदस्य राज बहादुर गिरीले रास्वपाले कुनै पनि व्यक्ति वा शक्तिको बैशागी टेकेर नहिड्ने बताएका छन्।आफ्नो बल,बृद्धि र विवेकले अघि बढ्ने पार्टी भएकोले रास्वपालाई कसैको बैशागीको आवश्यकता नपर्ने बताएका हुन्।

आईतबार सदरमुकाम मार्तडी खुलामञ्चमा आयोजित रास्वपाको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनमा सम्बोधन गर्दै सदस्य गिरीले रास्वपा देश निर्माण र सुशासनको उदेश्य लिएर स्थापित भएको उल्लेख गर्दै पार्टीभित्र कसैलाई मालिक र हिरोको रुपमा प्रस्तुत नगर्ने बताए।

रास्वपा सामुहिक नेतृत्व,विधि र नितिका आधारमा सञ्चालित हुने पार्टी भएको उनले बताए।जनताको भारी मतका साथ देश हाँकिरहेको रास्वपा सरकारले जनताको हकहित र विकासात्मक कार्यलाई प्राथामिकता दिने समेत उनले प्रष्ट पारे।देशको सामाजिक,आर्थिक र राजनीतिक रुपान्तरणमा रास्वपा प्रतिबद्द रहेको प्रष्ट पारे।

‘देश निर्माण र जनताको पक्षमा वकालत गर्दै देशमा शान्ति, सुशासन कायम गर्न रास्वपा बनेको हो।जनताको भारी मतले रास्वपा अहिले गौरवशाली पार्टीको रुपमा स्थापित छ।’उनले भने,‘जनताले पत्याएको पार्टीलाई अब अरुको बैशागीको आवश्यकता छैन्।रास्वपा देश बनाउन आएको हो,देश बनाउँछ।कुनै मालिक र हिरो हुन् होईन्।’

जनताको आकांक्षा र उनीहरुले चाहेको परिवर्तनबाट करिब दुई तिहाई बहुमत पाएर सरकार बनाएको रास्वपाले जनताको विश्वासलाई केन्द्रमा राखेर काम गरिरहेको र आगामी दिनमा समेत देश र जनताको हकहितमा काम गर्ने धारणा राखे।गिरीले देशमा पारदर्शिता र जवाफदेहीताको अभ्यासलाई रास्वपाले अझै अब्बल बनाउने विश्वास व्यक्त गरे।

‘रास्वपाको मुख्य उदेश्य जनताको अपेक्षा अनुसार देशलाई सहि दिशामा अघि बढाउनु हो।पार्टीले लोकतान्त्रिक मूल्य,मान्यता र विधिको शासनलाई प्राथामिकतामा राखेर आफ्नो यात्रालाई निरन्तर अघि बढाउने छ।पार्टीको त्यो यात्रामा आम देशबासी नागरिकहरुले सधैं साथ दिने छन्।हाम्रो पार्टी अनुशासित पार्टी हो।हामी हरेक भ्रष्टहरुलाई बाहिर ल्याउने छौँ।’उनले भने।

गिरीले हामीले गर्ने राजनीति शुद्ध हुनुपर्ने बताउँदै रास्वपा सबैसंग समझदारी र भ्रष्टचारीलाई खवरदारी गर्दै अघि बताए।साथै उनले,‘जुन दिन खाए खिरै खिर,ती दिन गए तिरै तिरै ’बताउँदै जनताको मत नै सर्वाधिकार र जनमत हुने जिकिर गरे।जनताको मतले नै रास्वपा देशकै शक्तिशाली पार्टी र उसकै सरकार बन्न सफल भएको बताए।

सम्बन्धित पोस्ट
  • खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा
  • नेपालमा मनसुन आउन एक साता लाग्ने
  • प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का
  • बाजुरामा वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    समाचार

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का

    बाजुरामा वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी बढ्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑