
बाजुरा: रोजगारीका लागि विदेश जानेको संख्यामा वर्षेनी बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ ।सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बिहीबार गरेको सुरक्षाकर्मी संगको एक दिने अभिमुखीकरण कार्यक्रममा जिल्लामा वर्षेनी युवाहरुको वैदेशिक रोजगारमा जानेको संख्या बढ्दै गएको तथ्यांक सार्वजनिक गरिएको हो ।

पाँच वर्ष यता जिल्लाबाट वैदेशिक रोजगारमा जानेको संख्या बढेर दुई हजार पाँच सय ७८ जना रहेको बडीमालिका रोजगार शाखा संयोजक प्रमिला थापाले बताएकी छन् ।वैदेशिक रोजगारमा जान चाहने युवा युवतीहरुले श्रम स्वीकृती र रोजगारीको ग्यारेन्टी सहित सुरक्षित रुपमा विदेशमा जानुपर्ने थापाले बताइन् ।
जिल्लाबाट आर्थिक वर्ष ०७७/०७८ मा ६८ जना, ०७८ /०७९ मा ३८३ जना, ०७९ /०८० मा दुई हजार २६५ जना,०८० /०८१ मा एक हजार ९६८ जना र आर्थिक वर्ष ०८१ /०८२ मा दुई हजार पाँच सय ७८ जनाले श्रम स्वीकृती सहित वैदेशिक रोजगारीमा गएको थापाले जानकारी दिएकी छन् ।
वैदेशिक रोजगारीमा गएका कतिपयले काम नपाउने र अलपत्र पर्ने जस्ता कार्य हुँदै आएकाले विदेशमा जाने जुनसुकैले सुरक्षित आप्रवासनसंग परामर्श गरी सुरक्षित र कानुनी मान्यता पाएका कम्पनी मार्फत मात्र जान आग्रह गरिएको छ ।
बडीमालिका नगरपालिकामा संचालन भइरहेको सुरक्षित आप्रवासन(सामी) परियोजनाले जिल्लामा रहेका विभिन्न निकायहरुसंग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया तथा छलफल गर्दै आएको छ ।
वैदेशिक रोजगारमा गएकाहरुलाई सामी कार्यक्रमले सुरक्षित रोजगारमा जान सुझाव सल्लाह र परामर्श दिने, वैदेशिक जानेलाई सुरक्षित बनाउने,श्रम स्वीकृती गराउन समन्वय र सहजीकरण गर्ने लगायतका कार्य गर्दै आएको रोजगार संयोजक थापाको भनाई रहेको छ ।
वैदेशिक रोजगारीमा आर्थिक वर्ष ०८१ /०८२ मा जिल्लाका ९ वटै पालिकामध्ये सबै भन्दा बढी बुढीनन्दा नगरपालिका र सबै भन्दा कम त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको छ । बुढीनन्दा नगरपालिकामा ५२२ र त्रिवेणी नगरपालिकामा ६३ जना र स्वामीकार्तिक खापर गाउँपालिकामा ६३ जनाले श्रम स्वीकृती लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा देखिएको छ ।
सुरक्षित रुपमा श्रम स्वीकृती गरेर जानेकोमा बडीमालिकामा ३३३ जना,बुढीगंगा नगरपालिकामा ३६३ जना रहेका छन् ।
यस्तै खप्तड छेडेदह गाउँपालिकामा ४५३ जना, गौमुल गाउँपालिकामा ३९१ जना, हिमाली गाउँपालिकामा २८६ जना, जगन्नाथ गाउँपालिकामा १०० जना रहेको पाइएको छ ।
हाल वैदेशिक रोजगारीका लागि ९२ लाख श्रम स्वीकृत गरेको लिएको तथ्यांक सार्वजनिक गरिएको छ । सुरक्षित आप्रवासन सुदूरपश्चिम प्रदेश कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले सार्वजनिक गरेको तथ्यांकमा श्रम रोजगार विभागबाट उक्त व्यक्तिहरुले श्रम स्वीकृत लिएको उल्लेख छ ।
वैदेशिक रोजगारमा जानका लागि नेपालबाट १११ देशका लागि जान पाउने गरी श्रम स्वीकृति दिन पाउने गरेको बताइएको छ ।जिल्लामा आर्थिक वर्ष ०६४/०६५ देखि आर्थिक वर्ष ०८२/०८३ को चैत मसान्तसम्म १३ हजार ९०६ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये १२ हजार ९९७ जना पुरुष र ९०९ जना महिलाले श्रम स्वीकृत लिएका छन् ।
असुरक्षित रुपमा वैदेशिक रोजगारीमा जाँदा ठगिने र श्रमको मूल्य नपाउने र भनेकोजस्तो काम नपाउने र दुःख पाउने गरेकाले सुरक्षित रुपमा वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुका लागि बडीमालिका नगरपालिकाले जिल्ला प्रशासन कार्यालय बाजुरामा सामी कार्यक्रम संचालन गर्दै आएको छ ।
सामी कार्यक्रमका परामर्शदातालेृ प्रशासनमा राहदानी बनाउन आएकाहरुलाई सुरक्षित वैदेशिक रोजगारीमा जानका लागि सुझाव सल्लाह र परामर्श दिने र उनीहरुलाई सकेजति सुरक्षित वैदेशिक रोजगारीमा जाँदा पाउने सुविधा र सेवाहरुको जानकारी गराउने गरिएको बडीमालिका रोजगार संयोजक थापाले बताइन् ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरु ठगिएको उजुरी आएमा प्रहरीको भूमिका र ठगिएकाहरुको रकम असुली गर्नका लागि आवश्यक प्रक्रिया सहित कानुनी प्रक्रियाको बारेमा सुरक्षाकर्मीलाई सहजीकरण गरिएको छ ।
सुरक्षित वैदेशिक रोजगार सम्बन्धी प्रहरी र प्रशासनसंगको एक दिने अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रहरी नायव उपरिक्षक शैलेश्वरी बोहरा, राष्ट्रिय अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत दिपेन्द्र बम, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी,सशस्त्र प्रहरी निरिक्षक प्रदिप राउत, नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम बहादुर रौले अतिथी रहेका थिए ।
प्रशासनका कम्युपटर अपरेटर नैन रावलले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य बडीमालिका नगरपालिका रोजनगार संयोजक प्रमिला थापाले गरेकी थिइन् ।सुरक्षित वैदेशिक रोजगारीको अवस्था र जिल्लाबाट वैदेशिक रोजगारीमा गएकाहरुको अवस्था बारेमा सुरक्षित आप्रवासन कैलाली कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले सहजीकरण गरेकी थिइन् ।सुरक्षित वैदेशिक रोजगारीमा प्रहरीको भूमिका बारेमा प्रहरी नायव उपरिक्षक शैलेश्वरी बोहराले गरेकी थिइन् ।



खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर