• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 26, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

गरिमा परियोजना: अपेक्षित नतिजा उपलब्धिमुलक हुनुपर्नेमा जोड

खप्तड मालिका न्युज May 26, 2026 मा प्रकाशित (३ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले कार्यक्रमले लिएको लक्ष पुरा गरी नतिजा उपलव्धी मुलक हुनुपर्नेमा जोड दिएका छन् ।मंगलबार ग्रीनतारा नेपालले गरिमा परियोजनाको परिचयात्मक कार्यक्रममा समन्वय प्रमुख रोकायाले कार्यक्रम लागु भएपछि त्यसको उपलव्धी र नतिजा प्रष्ट रुपमा देखिने गरी काम गर्न पनि आग्रह गरेका छन् ।

उनले जिल्लामा संचालन गरिरहेका गैर सरकारी संस्था र सरकारी निकायले काम मात्र गर्ने तर परिणाम भने न्युन हुने भएकाले कामसंगै परिणाम पनि देखाउनुपर्ने बताए ।
जिल्लामा कार्यक्रम लिएर आउने हरेक गैर सरकारी संस्थाहरुले गैसस महासंघ बाजुरासंग समन्वय सहकार्य गर्न आवश्यक रहेको बताए ।

बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले ग्रीन तारा नेपालले पालिकामा संचालन गर्दै आएको मर्यादित महिनावारी स्वच्छता कार्यक्रमले पालिकाको काममा सहजता दिएको बताए ।प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अरुलाई पारदर्शिताका कुरा गर्ने कुनैपनि संस्थाले आफुले पनि आर्थिक पारदर्शिता देखाउनुपर्ने बताएका छन् ।

उनले स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकाले यसको प्रभावकारी कार्यान्वयका लागि पालिकाले बेला बेलामा अनुमन गर्नुपर्ने बताए ।ग्रीनतारा नेपालले जिल्लास्तरिय परिचयात्मक कार्यक्रममा सन २०२५ सेप्टेम्बरदेखि २०३० अप्रिलसम्म कार्यक्रम बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा संचालन भइरहेको जनाएको छ ।

ग्रीनतारा नेपाल अनुगमन फिल्ड सुपरभाइजर प्रतिमा बस्यालले सहजीकरण गर्दै संस्थाको लक्ष र उद्देश्यको बारेमा जानकारी गराएकी थिइन् । ग्रीन तारा नेपाल सुदूरपश्चिमका बाजुरा,अछाम र बझाङ्ग जिल्लाका नगरपालिका तथा गाउँपालिकाका काम गरिरहेको बताइन् ।

संस्थाले महिला र किशोरीहरुलाइए समान शैक्षिक अवसरहरु, स्वास्थ्यको आनन्द लिन र महिनावारीसंग सम्बन्धित बञ्चितिकरणबाट मुक्त हुन योगदान पुर्याउने, महिनावारी तथा सुत्केरीको समयामा महिलाको आत्मसम्मानमा वृद्धि गर्ने परियोजनाको लक्ष्य र उद्देश्य रहेको अनुगमन तथा मुल्याङ्कन सुपरभाइजर बस्यालले बताइन् ।

करुणा जर्मनी,करुणा ट्रष्ट,संघीय सरकार जर्मन, विएमजेडको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रीन तारा नेपाल र रिड नेपालद्धारा संचालन भइरहेको छ ।तीन जिल्लाका लागि १५ करोड बजेट रहेको बस्यालले परिचयात्मक कार्यक्रममा जानकारी गराइन् ।

जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँ,जिल्ला समन्वय समिति बाजुरा उपप्रमुख लाछु सार्की,बुढीगंगा नगरपालिका उप प्रमुख माया खड्का(कुँवर) प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला लगायत सहभागी भएका थिए । कार्यक्रमको संचालन ग्रीन ताराका कर्मचारी उपेन्द्र थापाले संचालन गरेका थिए ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    गरिमा परियोजना: अपेक्षित नतिजा उपलब्धिमुलक हुनुपर्नेमा जोड

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    समाचार

    गरिमा परियोजना: अपेक्षित नतिजा उपलब्धिमुलक हुनुपर्नेमा जोड

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑