• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 23, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

खप्तड मालिका न्युज May 23, 2026 मा प्रकाशित (५ घण्टा अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा: बाजुरा जिल्लाको हिमाली गाउँपालिका-३ लाम्पाटा क्षेेत्रमा भएको अमानवीय व्यवहारकाे सत्य,तथ्य छानवीन गरि घटना संलग्न अराजक समूहलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ।

उक्त क्षेेत्रकाे भएको विवादपछि नेपाल भाेटे जनजाति सेवा संघ केन्द्रीय कार्यालय बाजुराले शनिबार जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापनपत्र बुझाउँदै घटनाकाे निष्पक्ष छानविन गरि दाेषीमाथी कडा भन्दा कडा कार्वाहीकाे माग गरिएको हाे।

हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका २ थाली गाउँका करिब तीन सय स्थानीयहरु संलग्न भई लाम्पाटा क्षेत्रमा अराजक तवरले गरिएको अमानवीय व्यवहारकाे घाेर निन्दा गरिएको छ।हुम्ली जनताले पुर्याएकाे क्षतीकाे निष्पक्ष रुपमा छानविन गर्नुपर्ने भाेट जनजाति सेवा संघकाे माग छ।

घटनामा बाजुरा जिल्ला हिमाली गाउँपालिका ३ लाम्पाटा बस्ने वडा सदस्य पेमा गारा गुरुङ,सहित लक्ष्मी गुरुङ,मिन कुँवर र नरबहादुर गुरुङ प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा माथि आक्रमण भई घाईते भएका थिए।

‘हाम्रो सुदुरपश्चिम हामी चिनाउँछौ’ अभियानमा मेयर गोपाल हमाल लगायतकाे टिम रानिसैन जाने क्रममा: अघिल्लो दिनमै विवाद उत्पन्न भई साे टिमलाई गन्तव्य जानबाट राेक लगाईएकाे थियाे।नेपाल भोटे जनजाति सेवा संघले घटनाको विरोधमा नारा जुलुस सहित कानुनी प्रक्रियाका साथ दोषिलाई तत्काल कारबाही ज्ञापनपत्रमार्फत आग्रह गरेकाे हाे।

सदरमुकाम मार्तडी बजार परिक्रमा गरेर सिडियाेलाई ज्ञापन पत्र बुझाई लाेकतान्त्रिक चाेकमा काेणसभाकाे आयोजना गरेकाे थियाे।रानिखर्क बाजुराको हो,तस्करी हुम्लीलाई पक्राउ गर,भन्दै उनीहरुले विराेध गरेका थिए।हुम्लाका राजनीतिक दलहरुले मानविय संवेदना समेत नराखी जारी गरेको प्रेस विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण गरेकाे छ।

जेठ ३ देखि ५ गतेसम्म लाम्पाटामा हुम्ली जनताले गरेकाे कूर घटनाकाे घाेर निन्दा गर्दै अराजक समूहले साङ्घातिक आक्रमण गरी स्थानीयलाई घाइते बनाएको भन्दै भोटे जनजाति सेवा संघले आपत्ति जनाएको हाे।नेपाल भोटे जनजाति सेवा संघले कुनै सिमा विवाद नभई प्रहरी चाैकी स्थापना पछि तस्करहरुलाई त्यहाँकाे बहुमुल्य जडीबुटी चाेरी सिकारीमा अवराेध हुने भन्दै सांघातिक आक्रमण भएको ठहर गरेकाे छ।

रानीसैन क्षेत्रको लाम्पाटा, च्याचौरमा २०१४ सालदेखि बाजुराका भोटे जातिले तिरो समेत तिरेर आफ्‌नो थातथलोको रुपमा स्थापित गरेको भन्दै यो कुनै पनि प्रकारको सीमा विवाद नरहेको भाेट जनजाति सेवा संघले स्पष्ट पारेको छ ।‘याे कुनै सिमा विवाद हाेईन्,तस्करहरुकाे अखडमा बाधा,अड्चन आउने भन्दै गरिएको अमानवीय व्यवहार र आक्रमण हाे।’

घटनामा घाइते हिमाली ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ र मीन कुँवरलाई बन्दक बनाई यातना दिई कागजमा जबरजस्ती सहीछाप गर्न लगाउने थला सामुदायिक वनका अध्यक्ष देवराज रावल, सचिव किशोर रावल, वडा सदस्य चन्द्रबहादुर रावल लगायतलाई तत्काल नियन्त्रणमा लिई कार्वाहीकाे माग गरिएको छ।

घटनामा बिच्छ्या देखि रानीसैन सम्मको बाटोमा रहेका काठे पुल भत्काएर आवतजावतमा समस्या उत्पन्न भएकोले तत्काल समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिन समेत माग गरिएको नेपाल भोटे जनजाति सेवा संघका अध्यक्ष जनक भण्डारीले बताए।‘घटनामा संलग्न दाेषीलाई तत्काल कार्वाही हुनुपर्छ।शान्ति,सुरक्षाकाे लागी उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरि नागरिककाे जिउधनकाे सुरक्षा हुनुपर्छ।’उनले भने।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैलाले उक्त घटनाले सबैलाई दुखित तुल्याएकाे बताउदै घटनाकाे निष्पक्ष छानविन गरि दाेषीलाई कार्वाही गर्न आवश्यक प्रक्रिया अघि बढाईने बताए।‘हुम्ली जनाताले गरेकाे अमानवीय र क्रुर व्यवहार निकै निन्दनीय छ।घटनाकाे सत्य,तथ्य छानविनकाे लागी केन्द्रमा समेत उच्च स्तरीय छानबिन समिति बन्ने छ।’

विगत लामोसमय बाजुरा जिल्ला हिमाली गाउँपालिका –३ लाम्पाटा र चियाचौर ठाउँ बाजुराको सिमाना भित्र पर्ने क्षेत्रलाई हुम्ली बासीहरुले आफ्नो जिल्लामा पर्छ भनेर दाबी गर्दै आएका छन्। रानीसैन, च्याचौर र लाम्पाटा क्षेत्र नापी,लालपुर्जा तथा प्रशासनिक अभिलेख अनुसार बाजुरा जिल्ला अन्तर्गत पर्ने भूमि हो।

 

सम्बन्धित पोस्ट
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑