• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 21, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

खप्तड मालिका न्युज May 21, 2026 मा प्रकाशित (७ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोविन्द्र राज तिमिल्सेना,बाजुरा: दिउँसाेकाे करिब १२ बजेकाे समय।टन्टलापूर घाममा गाउँकाे एक कुनाबाट ‘ठक्..ठक्..ठक्’ आवाज लयबद्ध कानमा गुञ्जिन्छ।त्याे आवाज लाग्छ-परम्परागत तान चलिरहेकाे संकेत।त्यहि परम्परागत तानसंग जाेडिएकाे स्थानीय महिलाकाे दैनिकी।

चर्काे घाममा घरकाे आँगनमा हाते तान अगाडी बसेर सूक्ष्म ऊनका रेखालाई कपडामा रुपान्तरण गर्ने,बाजुराकाे बुढिनन्दा नगरपालिका अगाउपानीकी स्थानीय विउमति गुरुङकाे श्रम,
सीप,संघर्ष र दैनिकीकाे कथा निकै राेचक र लाेभलाग्दाे छ।

पशिना पुछ्दै टन्टलापुर घाममा गुरुङ परम्परागत तानकाे संसारमा व्यस्त देखिन्छिन्।उनकाे त्याे चलायमान हातकाे गति घामपानी नभनेर काममै व्यस्त गरुङकाे अनुहारकाे एकाग्रता हेर्दा तान बुन्ने काम केवल जीविकाेपार्जन मात्रै नभई परम्परागत सीप र प्रविधिकाे संरक्षण,संस्कृति पहिचान,जीवन संघर्षकाे अभिन्न हिस्सा बनेकाे पाईन्छ।

उमेरले करिब ५०/५० कटेकी गुरुङकाे तान बुन्ने सीप,संघर्ष र जाेश,जागर हेर्न लायक छ।प्रविधिकाे विकासले यस्ता पेशा र सीपकाे संरक्षणमा चुनाैती थपिदैँ जाँदा गुरुङले भने पुख्र्यौली पेशा र परम्परालाई भने छाेडेकी छैनन्।तानमा बसेर कपडा र आफ्नै संघर्षको कथा बुन्नु उनकाे दैनिकी जस्तैः छ।

शहरकाे जस्ताे विना काेलाहल,शान्त वातावरण जहाँ केवल धागाेकाे सुस्केरा र परिश्रमकाे ताल मात्र सुन्न सकिन्छ।तान बुन्ने गुरुङका हात थाक्दैनन्,र हातलाई थाक्ने छुट समेत हुँदैन्।उनले तानमा बुनेका कपडा केवल प्रयाेगका लागी मात्र नभई,त्यसभित्र उनकाे परिश्रम,सीप र संघर्ष समेत लुकेकाे हुन्छ।

तान बुन्दै गुरुङ भन्छिन्,‘पछिल्लो समय सबैले तानबाट कपडा बनाउन छाेडिसके।आफूले भने परम्परागत प्रविधि र सीप संरक्षण गर्नकाे लागी समेत तान बुन्ने गर्छु।पुर्खाैदेखि याे पेशा गर्दै आएका छाैँ।तानबाट बनाएका कपडा जाडाेकाे समयमा काम लाग्छन्,र न्यानाे हुन्छन्।’

‘पहिले-पहिले गाउँघर तिर तान कपडा बुन्ने साधन मात्रै नभई,याे सबैकाे घर चलाउने आधार थियाे।महिलाहरु घरधन्दा सकेर तानमा बस्ने गर्थे।’गुरुङले थपिन्,‘अहिले यसलाई प्राथामिकता दिईदैन्।त्यसबेला लिउ,फेर्या,काम्ला,राडीपाखी, गलैँचा र लाेकल कपडा बुनिन्थ्याे।यिनै धागाहरुमा आफ्ना,दु:ख,सीप र जिम्मेवारी गाँस्ने काम हुन्थ्यो।’

बजारमा आधुनिक कपडाकाे महत्त्व बढ्दै जाँदा तानबाट बनेका कपडाहरु कम मात्रामा प्रयाेग गर्न थालिएको उनकाे बुझाई छ। तर आफूले परम्परा,संस्कृति र पहिचानलाई आत्मसात गरि पेशा भने नछाेडेकाे जिकिर गरिन्।यी हाम्रा परम्परागत सीप र सम्पत्ति भएकोले यिनकाे संरक्षण अति आवश्यक रहेकाे उनले बताईन्।

गुरुङले बुनेका राडीपाखी वा अन्य कपडाहरू दरिलाे र टिकाउ समेत हुने गरेका छन्।‘तान बुन्ने काममा समय र धैर्य चाहिन्छ।तानमा बसेर धागाे मिलाउने,बुन्ने र कपडा तयार पार्ने काम सजिलाे छैन्।समयकाे सदुपयोग र परम्परागत सीपकाे संरक्षण गर्न तानमा बसेर कपडा बुन्ने काम समय अनुसार गरिरहन्छु।’ उनले भनिन्।

गुरुङ थप दुखेसाे पाेख्दै भन्छिन्,‘आधुनिकताले माैलिक र परम्परागत पेशा,व्यवसाय संकटमा परे।बिस्तारै मानिसले भेडापालन व्यवसाय छाेडे।जसले उन उत्पादनमा गिरावट आयो।भेडापालन गर्ने र हातमा सीप भएकाले चाँसो नदिँदा गाउँमा राडीपाखी बुन्ने प्रचलन विस्तारै लाेप हुदैँ गयाे।’

गरुङकाे लागी तान बुनाई केवल काम नभई,परम्परा जाेगाउने माध्यम बनेकाे छ।आफ्नो सीप र संस्कृतिलाई उनले धाँगाेमा बाँधेकी छिन्।त्याे प्रत्येक धाँगाेमा उनकाे परिश्रम,सीप र संघर्ष झल्किने गर्छ।उनकाे त्यहि सीप र संघर्षले पूराना परम्पराकाे अस्तित्व जाेगाएकाे छ।उनकाे दैनिकी प्राय: करघासंगै वित्ने गर्छ।

आधुनिक प्रविधिका कारण पछिल्लो समय राडीपाखी व्यवसाय दुर्लभ बन्दै गएकाे छ।बाजुराका ९ वटै स्थानीय तहमा पछिल्लो समय तान बुन्ने प्रचलन हराउँदै गएकाे हाे।चरनको
अभावमा भेडा पाल्नेहरु कम हुँदै गएपछि राडीपाखी पेशा,व्यवसाय समेत प्रभावित बनेकाे स्थानीय कला थापा भाेटेले बताईन्।

भेडाकाे उनबाट बनेका राडी,कम्मल, पाखी,फेरुवाकाे तीन हजार देखि ८ हजारसम्म पर्ने गर्छ। भेडाबाट ऊन निकालेर बुनाइ गर्दासम्म धेरै दुःख हुने हुँदा पनि याे पेशा दुर्लभ बनेकाे हाे ।मेहेनत गरेर हातले बुनेका धाँगाहरु कपडा मात्र नभई,गाउँकाे कथा,सीप,संघर्ष र अस्तित्वका दस्तावेज बन्ने गरेका छन्।

सम्बन्धित पोस्ट
  • ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार
  • बडीमालिकाः ‘स्वीजरल्याण्डको बाउ’ उपमाले ‘सुनमा सुगन्ध’ थपियोः समन्वय प्रमुख रोकाया
  • पर्यटकीय क्षेत्रकाे विकासमा ‘पर्यटन गुरु याेजना’ मार्फत अघि बढेका छाैँ: नगर प्रमुख खड्का
  • हुम्ली जनताको निन्दनीय आक्रमणः पाँच जना घाईते
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    बडीमालिकाः ‘स्वीजरल्याण्डको बाउ’ उपमाले ‘सुनमा सुगन्ध’ थपियोः समन्वय प्रमुख रोकाया

    समाचार

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    बडीमालिकाः ‘स्वीजरल्याण्डको बाउ’ उपमाले ‘सुनमा सुगन्ध’ थपियोः समन्वय प्रमुख रोकाया

    पर्यटकीय क्षेत्रकाे विकासमा ‘पर्यटन गुरु याेजना’ मार्फत अघि बढेका छाैँ: नगर प्रमुख खड्का

    हुम्ली जनताको निन्दनीय आक्रमणः पाँच जना घाईते

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑