• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 04, Jul, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिका नगरपालिकाका सबै वडा छाउपडी कु-प्रथा तथा गाेठमुक्त

खप्तड मालिका न्युज July 4, 2026 मा प्रकाशित (२ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकाे बडीमालिका नगरपालिकाका सबै वडा छाउपडी कु-प्रथा तथा गाेठमुक्त भएका छन्।सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागी पालिकाले यहाँका ९ वटै वडालाई छाउपडी कु-प्रथा तथा गोठमुक्त घोषणा गरेको छ ।

पालिकाकाे महिला तथा बालबालिका शाखाले सञ्चालन गर्दै आएकाे ‘महिलासँग उपप्रमुख कार्यक्रम’ मार्फत बाँकी रहेका वडा नम्बर १ र ७ लाई छाउपडी कु-प्रथा तथा गाेठमुक्त घाेषणा गरेसँगै अब पालिकाका सबै वडा गोठमुक्त घाेषित भएका हुन्।

नगरपालिकाले नवाैँ वडाकाे रुपमा शुक्रबार बडीमालिका नगरपालिका वडा.नम्बर १ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा गरेकाे हाे।नेपालकी साहसिक नारी राईडर सितल गिरीकाे उपस्थितिमा बडीमालिका १ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा गरिएको थियाे।

स्थानीय महिला समूह,जनप्रतिनिधि,सुरक्षाकर्मी, बाल क्लव,विद्यार्थी,पत्रकारकाे सहितको सक्रियतामा वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हाे।बडीमालिका ७ लाई समेत विहिबार अर्थात् असार १८ गते छाउपडी कु-प्रथा तथा गाेठमुक्त वडा घाेषणा गरिएको थियाे।

अभियानकाे सुरुवातमा रहेका १८ वटा तथा विचकाे अवधिमा १० वटा छाउगाेठ हाल पूर्ण रुपमा भत्काई प्रयाेगविहिन अवस्थामा ल्याए पछि वडालाई छाउपडी गाेठमुक्त गरिएको हाे।८ नम्बर वडालाई अघिल्लो बर्ष मंसिरमा छाउपडी गाेठमुक्त घाेषणा गरिएको थियाे।कार्यक्रमअनुसार छाउपडी गोठमुक्त घोषणाका लागि ९० प्रतिशत घर गोठमुक्त हुनुपर्ने व्यवस्था छ ।

साेही व्यवस्था अनुसार,यहाँका सबै वडा छाउपडी गाेठमुक्त घाेषित भएको बडीमालिका नगरपालिकाले जनाएको छ।बडिमालिकाका ९ वटै वडा छाउपडी गाेठमुक्त वडा घाेषणा पश्चात् महिलाहरूले महिनावारी तथा सुत्केरी भएकाे बेला दबाबमा नभई सुरक्षित रूपमा आफ्नै काेठामा बस्न पाउने भएका छन् ।

समाजमा व्याप्त कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि नगरपालिकाले थालेको तीव्र अभियानले यहाँका सबै वडा छाउपडी गोठमुक्त वडा घोषणा भएकाे बडीमालिका नगरपालिकाकी उप-प्रमुख नन्दा थापाले बताईन्।

नगरपालिकाले वडास्तरमा जनचेतना अभिवृद्धि,समुदाय
सँगकाे सहकार्य,महिला समूह,विद्यालय,स्वास्थ्य संस्था,
जनप्रतिनिधि तथा सराेकारवाला निकायकाे सक्रिय सहभागीमा छाउपडी प्रथा विरुद्धकाे निरन्तर अभियान सञ्चालन गरेपछि सबै वडा गाेठमुक्त घाेषित भएको उप-प्रमुख थापाले जानकारी दिईन्।

उनले,महिलाकाे सम्मान, सुरक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर नगरपालिकाले यस्तो अभियान सञ्चालन गरेकाे बताउँदै अब कुनै पनि महिला वा किशाेरी महिनावारी भएकाे बेला गाेठ वा असुरक्षित स्थानमा बस्न नपर्ने वातावरण सिर्जना भएको बताएकी छन्।

स्थानीयबासीले छाउपडी प्रथाकाे क्रमश:अनत्य हुँदै गएकाे,समुदायमा सकारात्मक साेचकाे विकास भएको र महिलाकाे सम्मान तथा सुरक्षित जीवन सुनिश्चित गर्न यस अभियानले महत्त्वपूर्ण भूमिका खेलेकाे प्रतिक्रिया दिएका छन्।महिलाहरुले महिनावारी भएकै कारणले विभेद सहनु,
छाउगाेठमा बस्न बाध्य हुनु भनेकाे कानुनी रुपमा दण्डनीय अपराध समेत हाे।

यस्ता घटना घटेमा कानुनी सजायकाे भागेदार बन्नुपर्छ। सदूर पहाडी जिल्ला अझै पनि छाउपडी प्रथा विकराल अवस्थामा छ।महिनावारी भएको वेला घरभित्रै बस्दा देवी देउता रिसाउने र घरमा अनिष्ट हुने जस्ता अन्धबिश्वास रहिआएका छन्।यस्ता घटनाले महिलाकाे ज्यान जानुका साथै बलत्कारकाे सिकार,सर्पकाे डसाई लगायत विभिन्न समस्याहरु भाेग्नुपर्ने बाध्यता छ।

सम्बन्धित पोस्ट
  • असारे कविताः किसानका हाँस्ने दिन आए
  • आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • बडीमालिका ७ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा: बडीमालिकाका ८ वटा वडा छाउपडी गाेठमुक्त
  • पोषण क्षेत्रमा स्थानीय तहको लगानी न्युन, चार पालिका समीक्षामा सहभागी भएनन्
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिका नगरपालिकाका सबै वडा छाउपडी कु-प्रथा तथा गाेठमुक्त

    असारे कविताः किसानका हाँस्ने दिन आए

    आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    बडीमालिका नगरपालिकाका सबै वडा छाउपडी कु-प्रथा तथा गाेठमुक्त

    असारे कविताः किसानका हाँस्ने दिन आए

    आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    बडीमालिका ७ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा: बडीमालिकाका ८ वटा वडा छाउपडी गाेठमुक्त

    पोषण क्षेत्रमा स्थानीय तहको लगानी न्युन, चार पालिका समीक्षामा सहभागी भएनन्

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑