
बाजुरा: बाजुरामा खाेलामा डुबेर बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्।

बाजुराकाे हिमाली गाउँपालिका–१ मैतार्ना स्थित कुवाडी खोलामा नुहाउने क्रममा खाेलाले बगाई बेपत्ता चंखलाल थापाका १४ वर्षीय छाेरा नबराज थापा मृत फेला परेका हुन्।
आइतबार दिउँसो करिब ३ बजेतिर थापा साथीहरूसँग खोलामा नुहाउन गएका बेला बालक थापा बगेर बेपत्ता भएका थिए।खोलाले बगाउँदा बेपत्ता भएका बालककाे प्रहरी र स्थानीयले खाेजतलास गर्दा मृत फेला परेका हुन्।
बालक बगाएकाे ठाउँबाट करिब चार सय मिटर तल फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक एंव् सूचना अधिकारी नरेश बहादुर शाहीले बताए।उनका
अनुसार,घटनापछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको जानकारी दिए।
मृतक बालक थापासँगै बिराज थापा, विशाल थापा र किस्मत थापा समेत खोलामा नुहाउन गएका थिए।घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर