
बाजुरा: बाजुरामा चट्याङ लागेर ३९ बाख्रा मरेका छन्। बुधबार दिउँसो बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका –१ स्थित राउते ओडार भन्ने स्थानमा चट्याङ पर्दा ठुलो संख्यामा बाख्रा मरेका हुन्।

अपराह्न करिब ४ बजेतिर परेको चट्याङका कारण दुई जना स्थानीय किसानका ३९ वटा बाख्रा घटनास्थलमै मरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक एंव प्रबक्ता नरेश बहादुर शाहीले बताए।
प्रहरीले घटनास्थल पुगेर बुझ्दा स्थानीय सज्जन कडाराका ११ वटा बाख्राकाे मृत्यु र १५ वटा बाख्रा बेपत्ता रहेकाे र जसबिर रावलका २८ वटाकाे मृत्यु र २४ वटा बाख्रा बेपत्ता रहेको र मानविय क्षेती भने नभएको जानकारी दिए।
साेही पालिकाकाे १ रानीसैन वनमा बाख्रा चराउन लगिएकाे थियाे।पानी परिरहेको समयमा चट्याङ पर्दा साे संख्यामा बाख्राहरु मरेकाे जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
ठुलो संख्यामा बाख्रा मरेपछि किसानहरू मारमा परेका छन्।बाजुरामा मंगलबार मात्रै चट्याङ र पहिराेमा परी १६ भेडा बाख्रा मरेका थिए। त्यस्तै ३८ भेडाबाख्रा हराएका थिए। बाजुरामा बर्षेनी विपतजन्य घटनाबाट भेडाबाख्रा मरेर करोडौंकाे क्षती हुँदै आएकाे छ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर