
बाजुरा:बाजुराका हरेक गाउँ बस्तीमा आलु व्यवसाय फस्टाउँदै गएकाे छ।कृषि पेशामा आत्मनिर्भर यहाँका किशानहरुले पछिल्लो समय आलु खेतिलाई बढवा दिदै गएका छन्।

अन्नबाली भन्दा जीविकोपार्जनमा आलु व्यवसाय सहज भए पछि अहिले यहाँका अधिकांश कृषकहरुले ठुलो मात्रामा आलु खेती गरिरहेका छन्।बाजुराका ९ वटै स्थानीय तहमा आलु खेती गर्ने गरिन्छ।
बिशेषगरी बाजुराकाे बडीमालिकामा सबैभन्दा बढी आलु उत्पादन हुने गर्छ। खेती कम गरेपनि आलुकाे उत्पादन भने राम्रो हुने गरेकाे छ।बडीमालिका ७ ढम्कनेलाई बाजुरा जिल्लाको आलुको राजधानी भनेर चिनिने गरिन्छ।
जहाँ १ जना किसानले २० देखि ६० क्विन्टलसम्म आलु फलाउने गरेका छन्।आलुकाे उत्पादन,प्रवर्द्धन र बजारीकरणमा सहयाेग पुर्याउन वि.सं.२०७६ साल कात्तिकमा आलु महोत्सव सञ्चालन गरिएको थियाे।
महोत्सवपश्चात् ढम्कनेको आलुु देशका ठुला शहर पाेखरा, काठमाडौं, नेपालगञ्ज,धनगढी लगायतका सहरहरूमा बजारिकरण गरिएको थियाे। अहिले पनि यहाँकाे आलु ती शहरमा जाने गर्छ।आलु पाठशाला समेत सञ्चालनमा रहेकाे छ।
आलुबाट आलु चिप्स, मम, खीर, समोसा र पकौडा लगायत ३० बढी परिकार बनाउन सकिन्छ।बाजुरामा करिब एक हजार ९२५ हेक्टर जमिनमा झण्डै २० हजार ४७० मेट्रिकटन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराकाे तथ्यांकमा उल्लेख छ।तस्विर: गाेविन्द्र राज तिमिल्सेना/खप्तड मालिका न्युज













खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर