• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 22, Jul, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अनुशासन खेलाडी र खेल जगतकाे बलियो ‘हतियार’ हाे: समन्वय प्रमुख राेकाया

खप्तड मालिका न्युज April 21, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाले खेलाडी र खेल क्षेत्रकाे विकासमा अनुशासन महत्त्वपूर्ण हुने बताएका छन्।बाजुरा जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता उद्घाटन कार्यक्रममा बाेल्दै उनले यस्तो बताए।

प्रमुख अतिथि समेत रहेका राेकायाले अनुशासन विना खेलाडी र खेल क्षेत्रकाे विकास असम्भव रहेकाे प्रष्ट पारे।कुनै पनि खेलाडीले अनुशासन विना खेलमा उत्कृष्ट प्रर्दशन गर्न नसक्ने बताउँदै अनुशासन नै महत्त्वपूर्ण कडी रहेकाे बताएका हुन्।

खेल क्षेत्रमा खेलाडीकाे सफलता अनुशासनमा अडिएकाे हुन्छ।जसबाट खेलाडीले आफ्नो सफलता शिखरमा पुर्याउँछ।उनले भने,‘अनुशासन खेलाडी र खेल जगतकाे सबैभन्दा बलियो हतियार हाे,जसले खेलाडीलाई सफलताको शिखरमा पुर्याउन र खेल क्षेत्रलाई मर्यादित बनाउन अहम् भुमिका खेल्छ।’

अन्य व्यक्तिहरुमा अनुशासन नभए पनि महत्त्वपूर्ण नहुनेे तर खेलाडी र खेलकुदमा भने अनिवार्य अनुशासन हुनुपर्ने उनकाे भनाई थियाे।अनुशासनबाटै खेल खेलाईने हुँदा कुनै पनि खेल र खेलाडी अनुशासनहित विपरीत हुन नहुनेमा जाेड दिदैँ उनले कुनै पनि खेल खेल्दा खेरी हरेक नियमलाई सिराेधार्य गर्न आवश्यक रहेकाे बताएका हुन्।

‘अनुशासनले खेलाडीलाई नियमित अभ्यास गर्न,समयकाे सहि उपयाेग गर्न र आफ्नाे लक्ष्य केन्द्रीत रहन मद्दत गर्छ।अनुशासन विना कुनै पनि खेलाडीले उत्कृष्ट प्रर्दशन गर्न सक्दैन्।अनुशासनले खेललाई निष्पक्ष र व्यवस्थित बनाउँछ।साथै अनुशासित खेलाडीले खेललाई राेचक र प्रशिक्षककाे निर्देशनलाई सम्मान गरि टाेलीसंग सहकार्यमा जुट्छ ’।उनले भने।

खेलकुद केवल व्यक्तिकाे शारीरिक क्षमता प्रदर्शन गर्ने माध्यम मात्र नभई व्यक्तित्व विकासकाे महत्त्वपूर्ण साधन समेत रहेकाे प्रष्ट पारे।उनले जिल्लामा खेल प्रति चासाे भएका खेलाडी थुप्रै भएकोले तिनिहरुकाे प्रतिभा प्रष्फुटन गर्न समेत आवश्यक रहेकाे बताए।साथै समग्र बाजुरा जिल्लाकाे खेल क्षेत्रकाे विकासमा हातेमालो गरेर अघि बढ्नुपर्नेमा जाेड दिएका थिए।

कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर-प्रमुख अमर बहादुर खड्काले आजको युग विज्ञान प्रविधिका साथै खेल क्षेत्रकाे युग भएकोले खेल क्षेत्रकाे विकास महत्त्वपूर्ण रहेकाे बताए।खेल जगतले स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय जगत सम्म सकारात्मक प्रभाव पार्ने हुँदा यसकाे विकासमा उल्लेख भुमिका खेल्नु पर्नेमा जाेड दिए।

साथै अनुशासनले खेलाडीमा धैर्यता,सहनशीलता र आत्मविश्वास जस्ता गुणकाे विकास गर्ने हुँदा खेलाडी अनुशासित हुन आवश्यक रहेकाे बताए।खेलमा सफलता अनुशासनले ल्याउँछ।उनले भने,‘जित वा हार दुवै अवस्थामा संयमित रहन सक्ने क्षमता अनुशासनसंग हुन्छ।याे विना खेलाडीले उत्कृष्टता ल्याउन सक्दैन्।जीवनका हरेक क्षेत्रमा सफल हुन अनुशासन महत्त्वपूर्ण छ।’

सम्बन्धित पोस्ट
  • कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह
  • देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • बडीमालिका नगरपालिकाका सबै वडा छाउपडी कु-प्रथा तथा गाेठमुक्त
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

    देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    समाचार

    कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

    देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    बडीमालिका नगरपालिकाका सबै वडा छाउपडी कु-प्रथा तथा गाेठमुक्त

    असारे कविताः किसानका हाँस्ने दिन आए

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑