• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 17, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

जीवित आमालाई ढोग, दिवङ्गतलाई तर्पण

खप्तड मालिका न्युज April 17, 2026 मा प्रकाशित (३ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ  : नेपाली समाजमा आमालाई जीवनदायिनी, ममता र स्नेहकी प्रतिमूर्ति मानिन्छ । यिनै आमाप्रतिको सम्मान र कृतज्ञता प्रकट गर्ने उद्देश्यले हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै छ ।

यस दिनलाई आमा र सन्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसरका रूपमा लिइन्छ । आमा जीवित हुनेले बिहानै स्नान गरी आमालाई भेटेर मिष्ठान्न भोजन, वस्त्र वा उपहार प्रदान गर्दै आशीर्वाद लिने परम्परा छ । टाढा रहेका सन्तान आमालाई भेट्न घर पुग्छन् भने कतिपयले फोन वा सामाजिक सञ्जालमार्फत शुभकामना र भावनात्मक सन्देश पठाउने गर्छन् ।

त्यसैगरी आमा दिवङ्गत भइसकेका सन्तानले आमाको सम्झनामा श्राद्ध, तर्पण र पिण्डदान गरी मोक्ष प्राप्तिको कामना गर्ने धार्मिक परम्परा छ । यसरी मातातीर्थ औँसीले जीवित र दिवङ्गत दुवै आमाप्रति श्रद्धा प्रकट गर्ने अवसर प्रदान गर्छ ।

नेपाली संस्कृतिमा आमालाई सृष्टिकर्ता सरह मानिन्छ । आमा नौ महिनासम्म सन्तानलाई गर्भमा राखेर असह्य पीडा सहँदै जन्म दिनु मात्र होइन, जीवनभर उनीहरूको पालनपोषण, शिक्षा र मार्गदर्शनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छिन् । त्यसैले आमालाई ‘ममता र स्नेहको सागर’ का रूपमा सम्मान गरिन्छ ।

आमालाई सृष्टिकर्ता सरह मानिन्छ । आमा नौ महिनासम्म सन्तानलाई गर्भमा राखेर असह्य पीडा सहँदै जन्म दिनु मात्र होइन, जीवनभर उनीहरूको पालनपोषण, शिक्षा र मार्गदर्शनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छिन् ।

धार्मिक विश्वासअनुसार मातातीर्थ औँसी देवलोक, पितृलोक र पृथ्वीलोकलाई जोड्ने एक पवित्र सेतु मानिन्छ । यस दिन गरिएको पूजा, तर्पण र श्राद्धले पितृको आत्मा शान्त हुने र सन्तानलाई आशीर्वाद प्राप्त हुने विश्वास रहँदै आएको छ ।

यस अवसरमा विशेष गरी काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित मातातीर्थ कुण्डमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लाग्ने गर्छ । थानकोट नजिकै रहेको यस कुण्डमा पुगेर दिवङ्गत आमाको नाममा श्राद्ध, तर्पण र अन्य धार्मिक कर्म गर्ने परम्परा छ । यहाँ गरिएको पुण्यकर्मले आमाको मोक्ष प्राप्तिमा सहयोग पुग्ने र सन्तानले मातृऋणबाट मुक्ति पाउने मान्यता छ ।

मातातीर्थसँग जोडिएको धार्मिक किंवदन्तीअनुसार त्रेतायुगमा भगवान् श्रीराम वनवासका क्रममा यस क्षेत्रमा पुगेका थिए । त्यतिबेला पानीको अभाव हुँदा उनले जमिनमा बाण प्रहार गर्दा पवित्र जलको कुण्ड उत्पन्न भएको मानिन्छ । यही कुण्डलाई पछि मातातीर्थका रूपमा चिन्न थालिएको हो ।

स्वस्थानी व्रतकथाअनुसार यही तीर्थमा सतीदेवीको अङ्ग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । यस पवित्र भूमिमा गई आमाको नाममा गरिएको श्राद्धलगायतका पुण्यकर्मको प्रभावले दिवङ्गत आमाको मुक्ति हुने र आमाको आशीर्वादले सन्तानको जीवन सुखमय रहने जनविश्वास छ ।

त्यसैगरी अर्को जनविश्वासअनुसार प्राचीन कालमा घना जङ्गलमा गाई चराउन आएका गोठाला कुण्ड नजिकै बसेर खाजा खाइरहेका थिए । एक गोठालाले रोटी खान खोज्दा मुखमा रोटी नपरी कुण्डतिर जान थाल्यो । कुण्डमा गएर हेर्दा उनले त्यहाँ आमाको दर्शन पाएछन् । घर फर्कने बेलामा ती गोठालाले आमालाई सँगै लाने र आमाबिना नफर्कने जिद्दी गर्न थाले । त्यसपछि आमाले छोरालाई मृत आमा प्रत्येक वैशाख औँसीका दिन यस तीर्थमा सन्तानलाई आशीर्वाद दिन आउने वाचा गर्दै घर फर्काइन् । यसर्थ यस कुण्डमा मातातीर्थ औँसीका दिन दिवङ्गत आमाहरू आई सन्तानले दिएको पिण्ड–तर्पण प्राप्त गरी फर्कन्छन् भन्ने जनविश्वास छ । दिवङ्गत आमाहरूलाई तर्पण–पिण्ड दिइने पवित्र तीर्थस्थल भएकाले यस स्थानलाई मातातीर्थ भनिएको हो । यही जनविश्वास विस्तार हुँदै ‘आमाको मुख हेर्ने दिन’ को परम्परा बनेको मानिन्छ ।

विवाहपछि माइती टाढा भएका चेलीबेटी आज माइती घर पुगेर आमासँग भेटघाट गर्ने, मीठा परिकार तयार गर्ने र सँगै समय बिताउने गर्छन् । यसले पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउँछ ।

मातातीर्थ औँसी केवल धार्मिक पर्व मात्र नभई सामाजिक र भावनात्मक सम्बन्धलाई पनि मजबुत बनाउने दिन हो । विवाहपछि माइती टाढा भएका चेलीबेटी आज माइती घर पुगेर आमासँग भेटघाट गर्ने, मीठा परिकार तयार गर्ने र सँगै समय बिताउने गर्छन् । यसले पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउँछ ।

आजको आधुनिक समयमा पनि यो पर्वको महत्त्व घटेको छैन । बरु प्रविधिको प्रयोगसँगै सामाजिक सञ्जालमार्फत आमाप्रति सम्मान व्यक्त गर्ने चलन बढ्दो छ । तर आमाप्रतिको मूल भावना, प्रेम, सम्मान र कृतज्ञता भने अझै पनि उस्तै छ । मातातीर्थ औँसी नेपाली समाजमा आमाको महान् भूमिकालाई स्मरण गर्ने, उहाँप्रति आभार प्रकट गर्ने र परिवारबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने एक भावनात्मक तथा धार्मिक पर्वका रूपमा स्थापित छ ।

सम्बन्धित पोस्ट
  • पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
  • परम्परागत ‘तानमा महिला’: परिश्रम,सीप र संघर्षकाे जीवन्त कथा
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
  • आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

    जीवित आमालाई ढोग, दिवङ्गतलाई तर्पण

    परम्परागत ‘तानमा महिला’: परिश्रम,सीप र संघर्षकाे जीवन्त कथा

    समाचार

    पहाडी भेगमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

    जीवित आमालाई ढोग, दिवङ्गतलाई तर्पण

    परम्परागत ‘तानमा महिला’: परिश्रम,सीप र संघर्षकाे जीवन्त कथा

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

    आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑