
गाेविन्द्र राज तिमिल्सेना:बाजुरा: घुम्नु केवल मनाेरञ्जन मात्रै हाेईन्।नयाँ अनुभव र अनुभूती ग्रहण गर्ने माध्यम हाे।घुमफिरले नयाँ संसारकाे परिकल्पना गर्न सहयाेग पुर्याउँछ।घुम्न मन लागेपछि कसैले राेक्दैनन्। न मौसमले राेक्न सक्छ। न झरीले,न हिउँले।

हिउँको सेतो संसार माथी यात्रा गर्नु एउटा अद्भुत र यादगार अनुभव समेत हो। जहाँ रूखहरू,पहाडहरू र बाटोहरू सबै हिउँको तन्नामा सुतिरहेका हुन्छन्।यस्तो यात्राले मानिसमा थकाई,तनाब भुलाई आनन्द प्रदान गर्छ।
मानिसलाई कपास जस्तो हिउँ,सेतो कुहिरो,सेताम्य हिम शिखरहरूको प्राकृतिक सुन्दरताको मज्जा लिने स्वर्गीय आनन्द याे बाहेक अरु के हुनसक्छ ।हिउँसंग पाैठाजाेरी खेल्नु र रमाउँनु कुनै चानचुने कुरा थिएन्।
त्यो दिन विहान मौसम सफा थियो।सफा माैसममा हाम्रो यात्रा अघि बढ्यो।हामी घरबाट निस्कियौँ—साथमा भतिज युवराज तिमिल्सेना,भान्जा हेमन्त पाण्डे अनि म।दुई घण्टाको उकालाे यात्रा पछि थकान मेटाउन थाेरै बस्याैँ।भाेक मेटाउन राेटी खायाैँ।
थकान र भाेक मेटिए पछि फेरि अघि बढ्यौं । उकालाे र हिउँ माथिकाे यात्रा त्यहि सहज भने थिएन्। कुराकानी गर्दै हिउँ खादैँ यात्रा जारी राख्याैँ। जति माथी गयाे त्यति माैसम खराब हुदैँ गयाे।एक्कासी आकाशमा घुम्म बादल लाग्याे।चारैतिर चिसाे छायाे।
प्रकृति समेत अँध्यारो बन्याे।तर हिमालको नियम फरक हुन्छ; तल धुम्म भए पनि माथि कतै न कतै खुलि रहेकै हुन्छ भन्ने विश्वासले हामी अघि बढिरह्याै।उकालाेमा हामी जति अघि सर्न खाेज्थ्याैँ,तर पाईलाहरु त्यति नै पछितिर तानिदै थिए।
हिउँले छोपिएका कहालिँलाग्दा भिमकाय पहाडहरू चिसो हावासँग गफ गर्दै उभिएकाे देख्दा हामी उत्साहित भएर झन अघि बढ्थ्याैँ।हामी जति माथि जान्थ्याै,ती सेताम्य अग्ला हिमाल त्यति नै माथी सर्थे।हामीलाई लाग्थ्याे यी अग्ला हिमालले आकाश नै छाेएका छन्।
फरक फरक स्वरुपका भिमकाय पहाड।जाे नौरङगे साडीमा उनिएकी अप्सरा जस्तै देखिन्थे।सुन्दर स्वर्गकी परी जस्तैः देखिने ती पहाड हाम्रो शिर माथी खस्छन् कि?भन्ने डर छुट्टै थियाे।यात्राका क्रममा हामी निकै थकित थियाैँ।सुन्दरताकाे बयान गर्न हामीले सकेनाैँ?मात्र आनन्दकाे अभूभुती लियाैँ।
गन्तव्यसम्म पुग्न निकै कठिन थियाे।५ घण्टासम्म पनि उकालाे पार गर्न सकेका थिएनौं।बाक्लाे हिउँका कारण हामीलाई यात्रा गर्न सकस थियाे।हिउँले सिंगाे शरीर नै भिजेकाे त्यसैमा चिसाेले हात र खुट्टा नचल्ने अवस्थामा
थिए।फाेटाे सुट गर्दै सेताम्मे बाटोमा हिँडिरह्यौँ।
हरेक पाइला पाइलामा संघर्ष, हरेक मोड एउटा नयाँ कथा।सेताम्मे हिउँ परेका हिमाल र विशाल फाँटमा रमाउँने ईच्छा सबैकाे हुन्छ।तर सबैकाे त्याे ईच्छा पूरा हुन सक्दैन्।संर्घषका बाफजुत त्यहाँ पुग्ने मान्छे मात्रै रमाउँने गर्दछन्।हिउँ परेकाे
ठाउँमा अत्याधिक चिसाे र यात्रा कष्ठपूर्ण हुने गर्छ।
मान्छे नै उडाएर लिने जस्ताे जाेडले चलेकाे सिरेटाे बतास।घुँडा हिउँमा धसेर हिउँ छिचोल्दै करिब ७ घण्टाकाे हामी वाक्लाे हिउँ भएको करिब ३ हजार ५ सय मिटरकाे उचाइमा पुग्यौं।हाम्रो यात्रा त्रिवेणीसम्मकाे थियाे।तर त्याे यात्रा पूर्ण हुन पाएन्।अत्याधिक हिउँका कारण विचबाटै फर्किनु पर्ने बाध्यता हामी माझ थपियाे।
उच्च हिमाली क्षेत्रकाे अत्याधिक जाडाे र बाक्लाे हिउँ नै हाम्राे यात्राकाे बाधक बन्याे।चिसाले हामी बाेल्न नसक्ने अबस्था सम्म पुगेका थियौँ। प्रकृति आफैमा विलिन थियाे।सेताम्य हिमश्रृखला लयबद्द दन्त पंतीमा सजिएका थिए।प्रकृतिलाई सुन्दरताकाे कुनै कमी थिएन्।
वरपरकाे सुन्दर दृश्य नियाल्दा लाग्याे स्वर्ग यहिँ हाे।साच्चै पहाडभित्र लुकेकाे अर्काे नयाँ संसार।साैन्दर्यताकाे खानी।विभिन्न तरिकाले बयान गर्ने उत्साह जाग्याे।कठिनाई पार गर्दै अघि बढेकाे खण्डमा आत्मविश्वास र नयाँ दृष्टिकोण विकसित हुने विश्वास बढ्यो।‘हिउँ माथीकाे यात्रा केवल दृश्य मात्र हेर्ने नभई,प्रकृति र आफैलाई चिन्ने यात्रा रहेछ।’
अनुभूती,संघर्ष र साैन्दर्यकाे संगम:
प्रकृतिको काखैमा खेल्न र सुन्दर प्रकृति संग रमाउँन त्यति
सहज छैन्।जीवनभर यादगार रहिरहने संघर्षपूर्ण यात्रा गर्न जरुरी हुन्छ। प्रकृतिको सुन्दर गुण नै उसकाे सौन्दर्यता हो। हिउँ माथीकाे यात्रा अनुभूती,संघर्ष र साैन्दर्यकाे संगम हाे।
सेताम्य हिउँमा यात्रा गर्दै गरेकाे यात्री र त्यहाँको वातावरण त्यहि हिउँकाे तन्नामा लडिबुढि खेलिरहेकाे हुन्छ।हिउँले सेताम्य बनेका डाँडापाखा,हिमालहरुले समेत मानिसलाई साहारा दिन्छन्।हिउँ केवल सेताे कपास मात्रै हाेईन्,त्याे संग नयाँ संसार समेत जाेडिएकाे छ।
हिउँ परेकाे बाटो कठिन हुन्छ ।हिउँकाे यात्रा केवल जाेखिम मात्रै होइन,आत्मविश्वास र अनुभूति हो।हिउँले ढाकिएका हिमालहरुले मुस्कुराउँदै हामीलाई बाेलाए जस्ताे लाग्थ्याे।यात्राबाट फर्किदा पनि हामीलाई लागिरह्याे—यी अप्सरा जस्तैः हिमालहरुले फेरि बोलाउनेछ।
किनकी ती सुन्दर हिमालहरु हाम्रो मनमा बसेका छन्। बाटो भरि सेताम्य हिउँ,हिउँकै ढिंरिङ्ग उभिएका रुख अनि आफूले सक्नेजति हिउँलाई बोकेर उभिएका ती अग्ला पहाडहरु।मनमनै साेचे याे हिउँकै संसार हाे।हिउँ माथीकाे संघर्षपूर्ण यात्राले सुन्दर ठाउँकाे पहिचान गरायाे।
यात्रामा जति माथि गयाे त्यति नै नौला र अनौठा दृश्य आँखामा ठोकिँन्थे। अजंगका पहाड,जति हेर्दा पनि मन नअघाउने कलकल झरनाकाे पानी,सेताम्य हिउँ र वरपरका सुन्दर हिमाल,डाँफेकाे उडाईले मन तान्याे।हिउँ माथिकाे यात्रा केवल घुमफिर मात्र नभई,याे सुन्दर प्रकृतिसंगकाे संवाद हाे,जहाँ हाम्रा प्रत्येक पाईला नयाँ अनुभूती बाेक्दै अघि बढ्छ।
हिउँकाे यात्रा जति सुन्दर छ,त्यति नै चुनाैतीपूर्ण पनि। याे यात्रालाई अनुभुती,संघर्ष र साैन्दर्यकाे संगम भनिएकाे हाे। यस भित्र नयाँ अनुभूती,हिउँ छिचोल्नुकाे संघर्ष र यसकाे साैन्दर्यता लुकेकाे छ।यस यात्रालाई पर्यटनका हिसाबाले पनि महत्त्वपूर्ण मानिन्छ।पर्यटकीयकाे क्षेत्रकाे प्रचारप्रसार,
राेजगारी सिर्जना,विकासमा टेवा पुर्याउन मद्दत गर्छ।
अन्ततःहिउँ माथिकाे यात्रा केवल गन्तव्यसम्म पुग्ने,घुमफिर गर्ने यात्रा मात्रै हाेईन्,याे जीवनकाे एक अविस्मरणीय यादगार क्षण समेत हाे।अनुभूती,संघर्ष र साैन्दर्यकाे संगमकाे रुपमा यसलाई लिन सकिन्छ। जहाँ प्रत्येक पाईलाहरु सम्झनलायक हुन्छन्।‘लाग्छ स्वर्ग कहिँ छ भने,यहीँ छ।’






खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर