
बाजुरा : नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश कार्य समिति सदस्य धनराज पण्डितले जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरेर जन्मदिन मनाएका छन । उहाँले शनिबार जिल्ला अस्पताल बाजुरामा बिरामीलाई फलफुल वितरण गरी आफ्नो ४९ औँ वर्ष पार गरेको उपलक्ष्यमा जन्मदिन मनाएका हुन ।

उनले फलफुल वितरण गर्दै मेरो आजको जन्मदिनको अवसरमा यो सानो उपहारले बिरामीको हौसला बढोस भन्ने उद्धेश्यका साथ फलफुल वितरण गरेको बताएका छन । साथै उनले जन्मदिन मनाउन ठुला ठुला होटल बारमा फजुल खर्च गरेर रमाउनुभन्दा अपांग अशक्त अशहाय अथवा कुनै पनि रोगले अस्पतालको बेडमा छटपटाएका बिरामीलाई सहयोग गर्नु उचित भएकाले यस्तो योजना बनाएको बताएका छन ।
उक्त कार्यक्रममा १५ जना भन्दा बढी उपचारत बिरामीलाइ स्याउ केरा अंगुर सुन्तला लगायतका फलफुल वितरण गरिएको थियो । साथै फलफुल वितरण गर्दै बिरामीहरुलाई स्वास्थ्य लाभकोे कामना समेत व्यक्त गर्नुभएको छ ।
शनिबार भएको फलफूल बितरण कार्यक्रममा नेपाली काँग्रेस बाजुराका जिल्ला कार्यसमिती सदस्य धनलाल पाध्याय,युवा व्यवसायी जयराज उपाध्याय,महिला नेतृ अमृता सिंह,उमा रोकाया, युवा नेता टेकबहादुर रोकाया लगायतको भव्य सहभागिता रहेको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर