
काठमाडौँ : नेकपा ९एमाले० को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बोलाइएको हो ।बैठकमा बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिबारे मुख्य रूपमा छलफल हुने बताइएको छ । थापाको उक्त भाषणपछि एमालेभित्र ठूलो तरंग पैदा भएको छ ।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले थापाको अभिव्यक्ति पार्टीको स्थापित नीति र मान्यताविपरीत रहेको भन्दै सचिवालय बैठकमा यसबारे गम्भीर छलफल हुने जानकारी दिएका छन् । पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रतिनिधि सभामा संसदीय दलका नेताको हैसियतले थापाले व्यक्त गरेका विचार पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पारेका थिए ।
आजको बैठकमा थापाको पछिल्लो राजनीतिक अडान र अभिव्यक्तिबाहेक अन्य समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक कार्ययोजनाबारे पनि छलफल हुने कार्यतालिका छ । आधिकारिक नीतिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै नेतृत्व तहमा थापाको आलोचना भएपछि आजको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर