• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 01, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने

काठमाडौँ, १८ चैतः प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको सभापतित्वमा सिंहदरबारमा बुधबार बसेको पहिलो सर्वदलीय बैठकमा कानुन न्याय तथा संसदीय मार्मिला मन्त्री सोविता गौतम लगायत सांसद । तस्बिरः रत्न श्रेष्ठ/रासस
खप्तड मालिका न्युज April 1, 2026 मा प्रकाशित (१0 घण्टा अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं :  प्रतिनिधिसभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ ।बुधबार सिंहदरबारस्थीत संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकमा चैत्र २२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख निर्वाचन गर्नेगरि तालिका बनाउने सहमति जुटेको हो ।

सभामुख चयनका लागि बिहीबार बस्ने पहिलो बैठकमा नै निर्वाचनको प्रस्ताव प्रस्तुत हुने र चैत २० गते मनोनयन दर्ताका लागि समय छुट्टाउने गरी प्रक्रिया अघि बढ्ने रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।त्यस्तै प्रतिनिधिसभाको बैठक सञ्चालनको लागि नयाँ नियमावली नबन्दासम्म पहिलेकै नियमावलीबाट बैठक सञ्चालन गरिने उनले बताए ।

त्यसैगरि पहिलो बैठकमा जेन(जी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिने र दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने तय भएको छ ।रास्वपा सांसद बुर्लाकोटीले कार्य व्यवस्थामा रास्वपाका सांसदहरूको संख्या अलि बढी रहेकाले अरु दलका सांसदहरूलाई प्रतिनिधित्व गर्ने विषयमा छलफल भएको र यस विषयमा पार्टीभित्र पनि छलफल गर्ने बताए ।

त्यस्तै बैठकपछि राप्रपा सांसद खुश्वु ओलीले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई हरेक समितिमा प्रतिनिधित्व गराउने विषयमा आफूले कुरा राखेको बताइन् । प्रतिनिधिसभा नियमावलीमा संशोधन गर्ने विषयमा पनि पार्टीका तर्फबाट आवश्यक सुझाव राखिएको उनको भनाइ छ ।प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउसो २ बजे संसद् भवन सिंहदरबारमा बस्दैछ । सो बैठकको कार्यसूची तयार गर्न संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूसँग संसद् सचिवालयले छलफल गरेको हो ।

सम्बन्धित पोस्ट
  • कैलाली कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद
  • थापाले बुझाए मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र,मार्तडी-कोल्टी सडकखण्ड चाँडो निमार्णको माग
  • कांग्रेस नेतृ तिमिल्सिनाद्वारा सर्वोच्चमा रिट
  • आर्थिक गणना: बाजुरामा वास्तविक तथ्यांक संकलनमा जाेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कैलाली कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद

    थापाले बुझाए मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र,मार्तडी-कोल्टी सडकखण्ड चाँडो निमार्णको माग

    कांग्रेस नेतृ तिमिल्सिनाद्वारा सर्वोच्चमा रिट

    समाचार

    कैलाली कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद

    थापाले बुझाए मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र,मार्तडी-कोल्टी सडकखण्ड चाँडो निमार्णको माग

    कांग्रेस नेतृ तिमिल्सिनाद्वारा सर्वोच्चमा रिट

    आर्थिक गणना: बाजुरामा वास्तविक तथ्यांक संकलनमा जाेड

    सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑