• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कांग्रेसभित्र बढ्दो असन्तुष्टिस् सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

खप्तड मालिका न्युज April 1, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी  : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व जिल्ला सभापति नरनारायण शाहले पार्टीका सबै जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । आठ दशक लामो पारिवारिक राजनीतिक विरासत बोकेका शाहले नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि पोख्दै अब उपरान्त पार्टीका कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रममा सहभागी नहुने निर्णय गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले वर्तमान राजनीतिक परिस्थितिमा पार्टी नेतृत्वले खेलिरहेको भूमिकाप्रति आफू पूर्णतः असन्तुष्ट रहेको उल्लेख गरेका छन् । “मुलुकको संवेदनशील र चुनौतीपूर्ण परिस्थितिमा सिंगो कांग्रेस एकजुट भएर नउभिँदासम्म म पार्टीका गतिविधिमा सहभागी नहुने निर्णयमा पुगेको छु,” उनले भनेका छन्, “आगामी दिनमा म सम्भवतः दलगत राजनीतिभन्दा टाढै रहने प्रयास गर्नेछु ।”

शाहको परिवार तीन पुस्तादेखि कांग्रेसको राजनीतिमा सक्रिय छ । उनका हजुरबुबा लोकेन्द्र बहादुर शाह २०१५ सालका सांसद एवं पूर्व जिल्ला सभापति थिए भने बुबा मोहनबहादुर शाह पूर्व जिल्ला सभापति एवं जिविस सभापति थिए । स्वयं नरनारायणले दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारीमा थिए ।

पार्टी विभाजनको खतराप्रति संकेत गर्दै उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आस्थावान कार्यकर्ताको भावनामा आघात पुग्ने चेतावनी समेत दिएका छन् । “स्थापित विरासतमाथि खेलवाड गर्ने प्रयत्न नगरियोस्,” उनले भनेका छन्, “अब उपरान्त म विशुद्ध नेपाली कांग्रेस भएर मात्र बाँच्न चाहन्छु, यसलाई अन्यथा नलिइदिनुहोला ।”

प्रतिनिधिसभा निर्वाचनको परिणामले आफू हतोत्साहित नभएको स्पष्ट पार्दै शाहले आफ्नो निर्णयलाई निर्वाचनको नतिजासँग मात्रै तुलना नगर्न समेत आग्रह गरेका छन् ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑