
काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखक र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ।कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा शनिबार जारी विज्ञप्तिमा दुवैलाई तत्काल रिहाइको माग गरिएको छ।

देउवा पक्षीय कांग्रेसले सरकारद्वारा दुवै नेतालाई राजनीतिक प्रतिशोधको उद्देश्यले पक्राउ गरी अवैध हिरासतमा राखिएको आरोप लगाएको छ।संविधान र प्रचलित कानूनविपरीत भएको भन्दै देउवा पक्षीय कांग्रेसले उक्त कदमको भर्त्सना गरेको छ।
सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको सिफारिसको आधारमा गरिएको भनिएको कारबाहीले गम्भीर संवैधानिक र कानुनी प्रश्न उठाएको खड्काले बताएका छन्।
आयोगको प्रतिवेदनमा अनुसन्धान र अभियोजनका लागि सिफारिस गरिएको भए पनि आवश्यक प्रक्रिया पूरा नगरी तत्काल पक्राउ गर्नु कानुनी राज्यको सिद्धान्तविपरीत भएको उनको दाबी छ।
विज्ञप्तिमा आयोगले भदौ २३ र २४ दुवै दिनका घटनाको छानबिन गर्नुपर्ने भए पनि भदौ २४ का घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिबारे मौन बसेको भन्दै प्रतिवेदन पक्षपातपूर्ण भएको उल्लेख गरिएको छ।
सरकार गठन भएलगत्तै गरिएको यस्तो कदमले सरकार संविधान र लोकतन्त्रप्रति प्रतिबद्धताबाट पछि हटेको देखिएको कांग्रेसको निष्कर्ष छ।यसका साथै कांग्रेसले संवैधानिक, कानुनी र राजनीतिक रूपमा उक्त कदमको प्रतिवाद गर्ने निर्णय गरेको जनाएको छ।देशभरका पार्टी कार्यकर्तालाई सम्भावित परिस्थितिको सामना गर्न तयार रहन पनि कांग्रेसले अपिल पनि गरिएको छ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर