
बाजुरा : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड “प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर ” अभियानका साथ अघि बढेकोे छ । आइतवार एक औपचारीक कार्यक्रमका साथ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाजुरा उप शाखाले बीमा पुनर ताजकिय तथा अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । “सबैका लागी सुरक्षा, शिक्षा र समृद्धि” भन्ने मुल सन्देश लिएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अन्तरगत बाजुरा उप शाखाको आयोजनामा मार्तडीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।



सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड “प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर” अभियानका साथ देशभर अघि बढीरहेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीले बताउनु भएको छ । बाजुरा लगायत सुदुपश्चिम तथा देश भर विभिन्न किसिमका बीमा कम्पनीहरु भएता पनि हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक फरक किसिमको तथा थप सेवा प्रदायक बीमा कम्पनी भएको उहाँले बताउनु भएको छ ।

बीमा कम्पनीका अभिकर्तासँग कुरा गर्दै उहाँले बीमा एक ब्यक्तिको बीमा मात्रै नभइ हरेक ब्यक्तिको भविष्यको योजना नै बीमा भएको बताएका छन । केही कुराको लागी प्रयत्न आवश्यक छ , जुन हामीले निरन्तर लाग्नुपर्ने हुन्छ , अनि सम्मान पाइन्छ र सबै कुरा सबलीकरण हुन्छ , जुन यो कुरा बीमाले पुराउछ । बीमा यस्तो स्रोत हो , कमाउने पनि रमाउने पनि , त्यस कारण सबै अभिकर्ताले प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर अभियानका साथ अघि बढ्न प्रदेश प्रमुख जोशीले आग्रह गरेका छन ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाजुरा उपशाखा प्रमुख अस्मिता कुमारी रोकायाको अध्यक्षतामा , सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मी कान्त जैशीको प्रमुख आतिथ्यता र बाजुरा उप शाखामा अभिकर्ताहरुको उपस्थितीमा पुनर ताजकिय कार्यक्रम तथा अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको भएको बाजुरा उप शाखाका कर्मचारी मान बहादुर ऐडीले बताएका छन ।
यसरी बाजुरा उप शाखा द्धारा गरिएको “प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर” अभियानका साथ अघि बढेका बीमा जागरण अभियान तथा अभिकर्ता भेटघाट कार्यक्रममा प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीले बीमा , बीमा किन र केका लागी ,फाइदा कमिशन , जोखिम न्युनिकरण, जनमानसमा बिमाको महत्व, बिमा कसरी गर्ने लगाएतका विषयमा महत्वपूर्ण प्रशिक्षण गरिएको कम्पनीका बाजुरा उपशाखा कर्मचारी मान बहादुर ऐडीले बताएका छन । उक्त कार्यक्रमा प्रदेश प्रमुख लक्ष्मीकान्त जैशी अभिकर्ता र पत्रकार लगायतको उपश्थिती रहेको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर