
सल्यान : बिरामी बोकेर नेपालगञ्ज जाँदै गरेको एम्बुलेन्समाथि शसुक्रबार राति सुर्खेतमा आक्रमण भएको छ । रुकुम चौरजहारीबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको सल्यानको कुमाख गाउँपालिकाको एम्बुलेन्स र चालकमाथि आक्रमण भएको हो ।

सुर्खेत रामघाट स्थित छिन्चु नजिक शुक्रबार राति करिब १० बजेतिर कर्णाली प्रदेश ०२।००१ झ ०१३८ नम्बरको एम्बुलेन्समाथी आक्रमण भएको जनाइएको छ । ८–९ जनाको समूहले एम्बुलेन्स रोकेर आक्रमण गरेको चालक वसन्त शर्माले बताउनुभयो । उहाँका अनुसार एम्बुलेन्समा एक बिरामी र एक जना कुरुवा हुनुहुन्थ्यो ।
आक्रमण गर्ने समूहले एम्बुलेन्स चालक वसन्तलाई गाडीबाट तानेर कुटपिट गरेका थिए । ज्यानको जोखिम भएपछि चालक भागेर जोगिन सफल भएको र चालक भागेपछि उनीहरूले एम्बुलेन्समा तोडफोड गरेका थिए ।
चालकका अनुसार उक्त समुहले सडकमा अवरोध सिर्जना गरी एम्बुलेन्स रोकेका थिए र एक्कासी हातपात सुरु गरेका थिए। घटनापछि चालक वसन्तले प्रहरीलाई जानकारी गराउनुभएको थियो । प्रहरी करिब आधा घण्टापछि घटनास्थलमा पुगे पनि त्यतिबेलासम्म आक्रमण गर्ने व्यक्तिहरू फरार भइसकेका थिए ।
तोडफोड भएकै अवस्थामा एम्बुलेन्सले बिरामीलाई लिएर नेपालगञ्ज पुग्न सफल भएको चालक वसन्तले बताउनुभयो । बिरामीको सेवाका लागि रातदिन खटिने एम्बुलेन्स र चालकमाथि आक्रमण हुनु अत्यन्त दुःखद घटना भएको भन्दै उहाँले दोषी पत्ता लगाएर कडा कारबाहीको माग गर्नुभएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर