
बाजुरा: बाजुरामा नेपाली कांग्रेस जनकराज गिरीले पुन: अग्र स्थानमा सिट सुरक्षित गरेका छन्। गाैमुल गाउँपालिकाकाे मत गणना हुँदा ९ सय १३ मतले पछि परेका गिरी त्रिवेणी नगरपालिकाकाे मत गणना हुँदा ७ सय ९१ मतले माथि उक्लिएका हुन्।

हिमाली गाँउपालिका ,स्वामिकार्किक गाउँपालिका , जगन्नाथ गाउँपालिका , गाैमुल गाउँपालिका , खप्पतड छेडदह गाउँपालिका र बुढिगंगा र त्रिबेणि नगरपालिकाकाे मत गणना सम्पन्न भईसक्दा कांग्रेसका गिरीले १३ हजार ४ सय ४८ मत ल्याएका छन्। त्यस्तै एमालेका थापाले ११ हजार ६ सय ५७ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ४ हजार ६ सय ७७ मत प्राप्त गरि तेस्रो स्थानमा छन्। नेकपाका प्रकाश शाहले २ हजार ४ सय ६८ मत ल्याएका हुन्। त्यस्तै क्रमश: केशर शाहीले २ सय १०, भुपेन्द्र ल्वारले १ सय ९२ दिपक डिसीले ९० र स्वतन्त्र उपेन्द्र शाहीले ६४ मत प्राप्त गरेका छन्।
एक निर्वाचन क्षेत्र रहेको जिल्लामा सात राजनीतिक दल र
एक स्वतन्त्र गरी आठ उम्मेदवार छन् ।अब बडिमालिका मत गणना गर्न बाँकी छन्।भने बुढिनन्दाकाे गणना भईरहेकाे छ।बाजुराका कुल ८७ हजार ८६१ मतदाता रहेकाेमा ४६ हजार २ सय ३२ मत खसका थिए।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर