
बाजुरा: गृहमन्त्री ओमप्रकाश अर्यायले कानुनकाे उल्लङ्घन गर्न नहुने बताएका छन्।निर्वाचनको सुरक्षाका विषयमा जानकारी लिन बाजुरा पुगेका अर्यायले कसैले पनि निर्वाचनमा कानुनकाे उल्लङ्घन गर्न नहुने बताएका हुन्।

जेनजी आन्दोलन पछि सरकारका गृह मन्त्री बनेका अर्याल पहिलोपटक बाजुरा पुगेर फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यकाे निर्वाचनलाई स्वस्थ,निष्पक्ष,धाँधलि रहित बनाउन आग्रह गरेका हुन्।
उनले बाजुरामा विगतका जस्ता घटना घट्न नदिन सुरक्षा व्यवस्था मजबुत पारिएको बताउँदै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्द रहेकाे बताएका हुन्।
मन्त्री अर्यालले बाजुरामा विगतमा भएका कमि कमजोरीलाई सच्याई यसपटको निर्वाचन स्वच्छ,निष्पक्ष धाँधलिरहित र निर्धक्क साथ शान्तिपूर्वक सम्पन्न गर्न आवश्यक रहेकाे कुरामा जाेड दिए।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री अर्यालले बाजुरालाई सरकारले संवेदनशील जिल्लाकाे रुपमा राखेकाेले विगतका जस्ता घटना नघट्ने र बाजुरामा अबकाे निर्वाचनले सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा लगिएको बताए ।निर्वाचनमा कसैले पनि कानुनकाे ठाडाे उल्लङ्घन नगर्न हुन समेत अनुराेध गरे।
उनले भने,‘निर्वाचनमा कसैले कानुनकाे उल्लङ्घन नगराैँ। सहज वातावरणमा निर्वाचन सफल पार्न सबै जुटाैँ।कानुन कार्यान्वयनमा हामी घुँडा टेक्छाैँ। नियमकाे पालना गर्ने तपाईं गर्नुहाेस्। सबै मिलेर भयरहित वातावरणमा निर्वाचन सफल पाराैँ ।’
उनले बाजुरा मात्र नभई देशैभरी निर्वाचनलाई,स्वच्छ, निष्पक्ष र सहज वातावरणमा सम्पन गर्न सरकार लागी परेकाे बताए।याे सरकारकाे काम निर्वाचन सम्पन्न गराउने भएकोले सहज रुपमा निर्वाचन सम्पन्न गरेर मुलुकलाई नयाँ नेतृत्वका साथै शान्ति,सुशासन र समृद्धिकाे बाटाेमा लगिने बताएका हुन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैलाले बाजुरामा विगतका निर्वाचन जस्ताे अहिलेकाे निर्वाचन नहुने प्रष्ट पारे। उनले याे निर्वाचनलाई भयरहित र मर्यादित बनाउन सुरक्षा व्यवस्था मजबुत पारिएको बताएका हुन्।
गृहमन्त्री अर्याल संगै प्रहरी महानिरिक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्याल,गृह सचिव राजकुमार श्रेष्ठ,सहितकाे उपस्थिति रहेकाे थियाे।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर