
गोविन्द्र राज तिमिल्सेना,बाजुराः बाजुराको बडीमालिका नगरपालिका वडा.नम्बर ७ चुथीमा १० शैया अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि सारेको ‘एक पालिका,एक अस्पताल’ योजना अन्तर्गत निर्माण भइरहेको अस्पतालको निर्माण कार्य सकिएको हो।

अस्पताल निर्माणका लागी राजेन्द्र डि.वि.जे.भी.निर्माण सेवाले कबोल गरेको ८ करोड ८७ लाख २६ हजार २ सय १८ रुपैयाँ ६८ पैशामा सम्झौता गरेको १८ महिना भित्र सम्पन्न गर्ने गरी २०७८ जेठ ५ मा ठेक्का सम्झौता भएको थियो।ठेक्का सम्झौता भएको १८ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि जग्गा विवादका कारण निर्माण कार्य ढिलो सूचारु भएको थियो।
जग्गा विवादले ठेक्का सम्झौता भएको करिब सात महिना पछि काम सूचारु भएको थियो।समस्या र जग्गा विवादका बाबजुत केही समय अस्पताल निर्माणमा ढिलाई भएको राजेन्द्र डि.वि.जे.भी.निर्माण सेवाका प्रतिनिधि दिपक जैशीले बताए।सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर थोरै रेलिङको काम मात्र बाँकी रहेको जैशीले जानकारी दिए।
नेपाल सरकार अर्थ तथा स्वास्थ्य तथा जनसंख्या मान्त्रालयको आर्थिक सहयोगमा उक्त अस्पताल निर्माण भएको हो।२०७८ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा १० शैया बराबर अस्पताल निर्माण गर्ने योजना बनाएको थियो ।
जिल्लाका अन्य कतिपय पालिकामा १० शैया अस्पताल निर्माण हुन सकेका छैनन्। जगन्नाथ गाउँपालिकामा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ। त्यस्तै गौमुलमा गाउँपालिकामा समेत निर्माण सम्पन्न भईसकेको छ।दुर्गमका नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर अस्पताल निर्माण गरिएका हुन्।
पालिकाको १० शैया अस्पताल निर्माण कार्य सम्पन्न भएको बडीमालिका नगरपालिका वडा।नम्बर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए।गाउँमै प्रभावकारी सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य सहित अस्पताल निर्माण गरिएको उनको भनाई छ।उनले दीर्घकालीन सपना साकार हुँदै गएको समेत बताए।
‘अब जनताको स्वास्थ्य सेवाको सपनालाई पूर्णरूपमा व्यवहारमा उतार्न हामीले अस्पताल सञ्चालनको चुनौती पनि स्वीकार गरेका छौँ।’,उनले भने,‘अस्पताल सञ्चालन पछि स्वास्थ्य सुविधा थप सहज बन्ने छ।वडाका नागरिकले गाउँमै प्रभावकारी स्वास्थ्य सेवा पाउने छन्।निर्माण सम्पन्न पश्चात् अब छिट्टै सेवा समेत सुचारू हुनेछ।’
पाध्यायले यस महत्वपूर्ण कार्यमा सम्बन्धित निकाय, कर्मचारी,जनप्रतिनिधि,स्वास्थ्यकर्मी तथा आम नागरिकको साथ, सहयोग र सहकार्य रहने अपेक्षा लगिएको विश्वास व्यक्त गरे।सरकारले बजेट व्यवस्थापन गरेको खण्डमा आगामी आर्थिक बर्षबाट अस्पताल सञ्चालन गरिने जानकारी दिए।
अस्पतालमा सामान्य प्राथमिक उपचारदेखि शल्यक्रिया सेवा समेत उपलव्ध हुने छन्।अस्पताल निर्माण पछि गाउँमै सहज रुपमा स्वास्थ सेवा उपलब्ध हुने हुँदा आफूलाई खुसी लागेको बडीमालिका ७ का स्थानीय रोशन तिमिल्सेनाले बताए।साथै उनले डाक्टर विहिन अस्पताल नभई दैनिक रुपमा यहाँका नागरिकलाई सेवा दिने अस्पताल बन्नुपर्नेमा जोड दिए।
स्थानीय नागरिकलाई अबका दिनहरूमा साधारण देखि जटिल खालका रोगहरुको उपचार गर्नका लागि महँगो अस्पताल धाउँन पर्ने अवस्थाको अन्त्य गर्नका निम्ति अस्पताल निर्माण गरिएको बडीमालिका नगरपालिकाले जनाएको छ।मार्तडीमा जिल्ला अस्पताल भएकोले पालिकाको १० शैया अस्पताल चुथीमा निर्माण गरिएको हो।१० शैया अस्पतालमा २ जना एमबीबीएस चिकित्सक सहित २२ जना कर्मचारी रहने व्यवस्था छ ।

बडीमालिका नगरपालिका ७ चुथीमा रहेको नवनिर्मित दश शैया अस्पतालः तस्वीरः गोविन्द्र राज तिमिल्सेना




खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर