• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 30, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

खप्तड मालिका न्युज February 15, 2026 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् भगवान् शिव को अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ । पुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णन गरिएको छ । यस दिनलाई विशेष गरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिन मानिन्छ ।

महाशिवरात्रिका अवसरमा भक्तजनहरू शुद्ध भई शिव मन्दिरहरूमा पूजा, अर्चना गर्दै व्रत बस्ने परम्परा छ । भगवान् शिवलाई प्रिय मानिने दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ । यस दिनलाई शिव–पार्वती विवाह तथा ब्रह्माले रूद्ररूपी शिव उत्पत्ति गराएको दिनका रूपमा पनि मान्यता दिइन्छ ।

शिव पुराण अनुसार यस दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप गर्दा पृथ्वीमा सुख समृद्धि प्राप्त भई मृत्युपछि मोक्ष प्राप्त हुने विश्वास छ । त्यस्तै लिङ्ग पुराणमा उपवास, ध्यान र पूजाबाट शिव लोक प्राप्त हुने उल्लेख गरिएको छ भने पद्य पुराण अनुसार व्रत बस्ने पुरुष वा महिला आरोग्य र सौभाग्यले सम्पन्न हुने विश्वास गरिन्छ ।

मशिवरात्रिको मुख्य पूजा विधिमा निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा तथा शिवलिंगमा दुग्धाभिषेक प्रमुख मानिन्छ । प्रत्येक प्रहरमा जल, दूध, दही, घिउ, मह र बेलपत्र अर्पण गरिन्छ । शिवमहापुराणको कोटिरुद्रसंहितामा शिवरात्रि व्रतलाई सबैभन्दा उत्तम धर्मसाधनका रूपमा व्याख्या गरिएको छ ।

शिवमहापुराणको कोटिरुद्रसंहितामा शिवरात्रिको महत्त्व बताउँदै भनिएको छ ।

शिवरात्रिव्रतादन्यन्नास्ति नृणा शितावहम् ।

एतत् व्रत तु सर्वेषा धर्मसाधनमुत्तमम् ।।

निष्कायानां सकामानां सर्वेषाञ्च नृणां तथा ।

वर्णानामाश्रमाणाञ्च स्त्रीवालानां तथा हरे १ ।।

दासानां दासिकानाञ्च देवादीना तथैव च ।

शरीरिणाञ्च सर्वेषा हितमेतद् व्रतं वरम् ।। (शिवम्पुराण कोटिरुद्रसंहिता ३८/२१–२३)

अर्थात– मानिसहरूको हित गर्ने शिवरात्रि समान अन्य कुनै व्रत छैन । यसबाट मानिसहरूले धर्म प्राप्त गर्दछन् । निष्काम कर्म गर्ने अथवा सकाम कर्म गर्ने सबै प्रकारका भक्तहरू यसबाट लाभान्वित हुन्छन् । ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र यी चार वर्ण एवं ब्रह्मचर्य, गार्हस्थ्य, वानप्रस्थ र संन्यास यी चार आश्रमका मानिसहरूले श्रद्धापूर्वक शिवरात्रिव्रत सम्पन्न गरेमा उनीहरु वर्ण र आश्रमसम्मत आ–आफ्नो उद्देश्य सफल तुल्याउन समर्थ हुन्छन् । यो व्रत नरनारी, बालक, बालिका र सबै वर्णका मानिसहरू सबैले श्रद्धापूर्वक गर्नुपर्दछ । यस व्रतबाट विभिन्न प्राणीहरू, मानवजाती, देवता, पितृ, ऋषि–महर्षि सबैको कल्याण हुन्छ ।

यस अवसरमा पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर महादेव मन्दिर, देवघाट धाम, खोटाङको हलेसी महादेव मन्दिर लगायत देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीहरूको घुइँचो लागेको छ। पशुपतिनाथ क्षेत्रमा विशेष मेला लाग्नुका साथै स्वदेश तथा भारतबाट आएका साधु सन्तहरूको उल्लेखनीय उपस्थिति देखिएको छ ।

यसैगरी भारतका काशी विश्वनाथ मन्दिर, केदारनाथ मन्दिर, सोमनाथ मन्दिर र महाकालेश्वर ज्योतिर्लिङ्ग लगायतका प्रसिद्ध शिव धामहरूमा पनि भक्तजनहरूको ठुलो भीड लागेको छ ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑