
बाजुरा: प्रत्येक व्यक्तिकाे जन्मदिन खास दिन हुन्छ।आफू जन्मेकाे दिनकाे सम्झनामा प्रत्येक मानिसहरुले आफ्नो जन्मदिन मनाउने गर्छन्। आ-आफ्नाे तरिकाले जन्मदिन मनाईने गरिन्छ।

कतिपयले भाेज,भतेर फजुल खर्च गरेर जन्मदिन मनाउँछन् भने कतिपयले सामाजिक तथा अन्य लगानीयुक्त कार्य गरेर जन्मदिन मनाउँछन्।यसैबिच बाजुराकाे बडीमालिका नगरपालिका वडा.नम्वर ८ निवासी धनी थापा (विष्ट) र कलक बहादुर थापाले आफ्नी छोरीको जन्मदिन फरक तरिकाले मनाउनु भएको छ ।
उनीहरुले आफ्नी छाेरी स्मृति थापाको भावी जीवनकाे सुरक्षा गर्दै जन्मदिनको अवसरमा एशियन लाईफ इन्स्योरेन्समा जीवन बीमा गरेर जन्मदिन मनाएका छन्।
उनले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालय बाजुराबाट आफ्नी छोरीको नाममा तीन लाखको बीमालेख खरिद गरी जन्मदिन मनाएका हुन्।
जन्मदिन मनाउने विभिन्न बहानामा गरिने खर्चलाई व्यवस्थित गर्न र छाेरीलाई भविष्यमा उच्च शिक्षा आर्जन गर्न सहज हाेस् भन्ने उदेश्यका साथ जन्मदिनकाे अवसरमा विमा गरिएकाे स्मृतिका बुबा कलक थापाले बताए। उनका अनुसार,फजुल खर्च गरेर जन्मदिन मनाईने प्रवृतिकाे अन्त्य गरेर विमालेख खरिद गरिएको जानकारी दिए।
उनले भने,‘छोरीको जन्मदिनमा हामीले अन्यत्र खर्च गर्नु भन्दा बीमालेख खरिद गरेका हौँ। यसले छाेरीकाे आगामी जीवन तथा उच्च शिक्षा हासिल गर्न ठुलाे सहयोग पुग्ने अपेक्षा लिएका छाैँ। ’
बुधबार एशियन लाईफ इन्स्योरेन्स शाखा कार्यालय बाजुराका प्रमुख बिर बहादुर थापाले बीमालेख फाईल हस्तान्तरण गर्दै विमालेख गरेकाेमा धन्यवाद दिएका हुन्। साथै उनले बीमामा जम्मा हुने पैसाले छोरीकाे भविष्यमा उच्च शिक्षा आर्जन गर्न ठुलाे सहयाेग पुग्ने बताएका हुन्।
बीमालेख खरिद गरेकाेमा बीमितलाई हार्दिक धन्यवाद व्यक्त गर्दै स्मृतिलाई जन्मदिनको शुभकामना समेत व्यक्त गरेका थिए। हरेक बालबालिकाकाे भविष्य उज्ज्वल बनाउन विमा अति नै आवश्यक रहेकाे बताए।साथै उनले स्मृतिकाे जस्तैः अन्य बालबालिकाका आमाबुबाहरुले पनि आफ्ना छाेराछाेरीकाे भविष्य उज्ज्वल राख्न विमा गर्नुपर्नेमा जाेड दिए।
जन्मदिनमा अनावश्यक फजुल खर्च गर्नु भन्दा विमा गरेर सुरक्षित जीवनकाे आधार निर्माण गर्नु उपयुुक्त रहेकाे शाखा प्रमुख थापाले बताए।एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बाजुराले जिल्लामा विमा क्षेत्रका रुपमा महत्त्वपूर्ण र उपलब्धीमुलक कार्य गर्दै आएकाे छ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर