
काठमाडौँ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । जस अनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितिय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने छ ।
बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० टुकराज अधिकारीका अनुसार चैत २७, २८ र २९ गते भने प्राविधिक धारका बाँकी विषयका परीक्षा सञ्चालन हुने छ । यसपटक फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएका कारण एसइई गत वर्षको भन्दा १२ दिन ढिलो हुन लागेको हो । गत वर्षको एसइई चैत ७ गतेदेखि सञ्चालन भएको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर