• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 30, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

काेल्टाे फेरेकाे काेल्टी अस्पताल: दुर्गम क्षेत्रका नागरिककाे भगवान

खप्तड मालिका न्युज January 20, 2026 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : ११ मिनेट

गोविन्द्र राज तिमिल्सेना,बाजुरा: पहिले सामान्य सिटामाेल समेत नपाईने काेल्टी अस्पताल।जहाँ न सामान्य औषधि पाइन्थ्यो, नत स्वास्थ्यकर्मी भेटिन्थे,नत अस्पताल संग आवश्यक उपकरण नै थिए।विरामीकाे उपचार गर्नु कल्पनाकाे बिषय थियाे।

गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध नहुँदा कतिपयले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता थियाे।जहाज कुर्दाकुर्दै विरामीकाे ज्यान जान्थ्याे। अस्पतालकाे दर्दनाक अवस्थाले सबैकाे मन पाेलिन्थ्याे।१७ पालिकाका नागरिकलाई उपचार दिनुपर्ने कुरा चानचुने थिएन्।

संघीयता पछि प्राथमिक स्वास्थ्य केन्द्र झनै धरापमा पर्याे। करिब चार वर्षभन्दा बढी समयसम्म डाक्टर विहीन रह्यो।डाक्टर विहिन हुँदा टाउकाे दुखेमा सामान्य सिटामाेल समेत नागरिकले पाउन सकेनन्।हरेक समस्यामाबाट अस्पताल गुर्जिरह्याे।सामान्य उपचार समेत नपाउँदा यहाँका नागरिक प्रताडित भए ।

समय र प्रविधिकाे युगले विस्तारै काेल्टी अस्पतालले काेल्टाे फेर्याे।पहिले सामान्य सिटामाेल समेत नपाईने यहाँकाे अस्पतालमा अहिले गुणस्तरीय सेवा प्रवाह हुँदै आएकाे छ।दुर्गम क्षेत्रमा सहज,प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध छन्। दुर्गम क्षेत्रका नागरिककाे लागी अहिले काेल्टी अस्पताल वरदान सावित बनेकाे छ।

काेल्टी अस्पताल दुर्गमका नागरिककाे लागी भगवान सरह छ।बुढिनन्दा नगरपालिका वडा.नम्वर १ मा रहेकाे काेल्टी आधारभूत अस्पतालले अहिले मुहार परिवर्तन गरि काेल्टाे फेरेकाे छ।पहिले स्वास्थ्य चौकीको रूपमा स्थापित अस्पताल २०६३ बाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हुँदै २०८० बाट कोल्टी आधारभूत अस्पतालको रूपमा परिणत भएको छ।

पालिकाकाे स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथामिकतामा राख्दै आएकाे नगरपालिकाले अहिले स्वास्थ्य क्षेत्रमा उल्लेख सुधार गरेकाे छ। मेयर पदमा निर्वाचित भएपछि नगर प्रमुख जनक कुमार बोहराले काेल्टी अस्पतालकाे काेल्टाे फेर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन्।पहिले प्रसूति हुन नसकेर महिलाको ज्यान जाने अवस्था विकराल थियाे।

त्याे विकराल समस्या राेक्नु चुनाैती थियाे। तर मेयर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर उनले तत्कालीन उपकुलपति डा. मंगल रावललाई भेटेर चिकित्सक पठाउन आग्रह गरेका थिए। उनकाे आग्रह पछि एक जना स्त्रीरोग विशेषज्ञ र ओटी नर्स पठाइयो।तर दुर्गम क्षेत्रमा बसेर सेवा दिन निकै जटिल थियाे।केही समय यी बिशेषज्ञ डाक्टरहरुले सेवा दिए।

फेरि समस्या उहीँ हुन थाल्याे।नगर प्रमुख बाेहराकाे अथक प्रयास पछि छात्रवृत्ति करारमा एमडीजीपी चिकित्सक डा. रन्जित कुमार शाह कोल्टी ल्याउन सफल भए।त्याे भन्दा अघि डाक्टर प्रेरित देवकाेटाले समेत एक बर्षसम्म उपचार सेवा दिए। अहिलेसम्म डाक्टर रञ्जित कुमार शाहले बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।

अस्पतालकाे मुहार फेर्न डाक्टर रञ्जित कुमार शाहकाे समेत उल्लेख भुमिका रहेकाे छ। डाक्टर शाहले खप्तड मालिका न्युज संग कुराकानी गर्दै भने,“पहिले भन्दा अहिले आमूल परिवर्तन आएकाे छ। पहिले न उपकरण थिए।अस्पताल समेत गोठजस्तो,दुर्गन्धित थियो। तर अहिले अस्पतालकाे स्वरुप बदलिएर गुणस्तरीय सेवा प्रवाह भईरहेका छन्।”

माथिल्लो क्षेत्रका चार स्थानीय तहका नागरिक संगै छिमेकी जिल्ला हुम्ला,मुटु,कालिकोट गरि अन्य १७ पालिकाका नागरिकलाई काेल्टी आधारभूत अस्पतालले सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका प्रमुख डाक्टर शाहले बताए।उनका अनुसार,दरबन्दी अभावका विच पनि अहिले अस्पतालले सहज रुपमा सेवा प्रदान गरिरहेकाे जानकारी दिए ।

सिमित जनशक्तिले अस्पताल धान्नु पर्ने बाध्यता रहेकाे बताउँदै उनले अस्पतालमा आवश्यक थप दक्ष जनशक्ति र भाैतिक संरचना प्रयाप्त भएको खण्डमा अस्पतालले अझै प्रभावकारी सेवा प्रदान गर्ने उनकाे भनाई छ।दुर्गम क्षेत्रमा सहज र प्रभावकारी ढंगलले सेवा प्रवाह हुनु खुसी कुरा समेत रहेकाे डाक्टर शाहकाे भनाई छ।

अस्पतालले पहिलेकाे तुलनामा अहिले सहज,सुलभ र प्रभावकारी सेवा दिदैँ आएकाे अस्पतालका फर्मासिस्ट तथा सूचना अधिकारी प्रेम नेपालीले बताए।उनका अनुसार, पहिले सामान्य सिटामाेल समेत नपाईने अस्पतालमा अहिले बिशेषज्ञ सेवा सुचारू भएको बताए।

प्रविधिमैत्री तरिकाले सेवा प्रवाह भईरहेकाे बताउँदै उनले अस्पतालमा छिट्टै विमा सेवा सञ्चालन समेत लागू हुने जानकारी दिए।विमा सेवा सञ्चालन पश्चात् यहाँका नागरिकलाई थप सहज पुग्ने अपेक्षा लगिएकाे जानकारी दिए ।दुर्गमका नागरिककाे स्वास्थ्य सेवा-सुविधामा अस्पतालले कुनै कमी नगरेकाे सूचना अधिकारी नेपालीकाे भनाई छ।

साथै उनले अहिले अस्पतालमा औषधी,यन्त्र,उपकरणकाे पनि राम्रो व्यवस्थापन भएको बताउँदै आवश्यक दक्ष जनशक्ति र भाैतिक संरचना थप भएको खण्डमा काेल्टी अस्पताल दुर्गम क्षेत्रका नागरिककाे वरदान सावित बन्ने बताए।अस्पतालले न्युन बर्गका औषधि किन्न नसक्ने बिरामीहरुका लागि छुटमा समेत औंषधी उपलब्ध गराएर सेवा प्रदान गरिरहेको जानकारी दिए।

काेल्टी अस्पताल दुर्गमका नागरिककाे भगवान बनेकाे बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिका १ का धनलाल कडाराले बताए । उनले पहिले भन्दा अहिले अस्पतालले गुणस्तरीय सेवा दिई रहेकाे बताए।आफ्नी जीवन संगीनीकाे पनि सहज रुपमै काेल्टीमा शल्यक्रिया भएकोमा निकै खुसी लागेकाे कडाराले बताए। काेल्टीमै श्रीमतीकाे शल्यक्रिया हुँदा बाहिर जानुपर्ने बाध्यता संगै खर्चकाे समेत बचत भएको उनकाे भनाई छ।

नगरकाे स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन काेल्टीमा २५ शैया अस्पताल निर्माणका लागी विभिन्न चरणमा समन्वय,सहकार्य र छलफल भई छिट्टै निर्माण कार्य सूचारु गरिने बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बाेहराले बताए।उनका अनुसार,आफु पालिकाको प्रमुखमा निर्वाचित भए पश्चात् नगरको स्वास्थ्य क्षेत्रको सुधारमा लागेकाे बताए ।

काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने संकल्प लिएर अगाडी बढेको परिणाम साकार हुँदै गएकाे बताए।विभिन्न समस्यालाई झेल्दै कोल्टी अस्पतालले कोल्टो फेरेको नगर प्रमुख बाेहराकाे भनाई छ।पालिकाकाे स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आएकाे मेयर बाेहराकाे दावी छ।

कोल्टी आधारभुत अस्पतालमा अहिले स्त्रीरोग विशेषज्ञ, ओटी नर्स, डिजिटल एक्स–रे, रक्तसञ्चार सेवा, एनेस्थेसिया, फार्मासिस्ट, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, अप्थाल्मिक असिस्टेन्ट लगायतका जनशक्ति छन्।गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे, प्रयोगशालाको डिजिटलीकरण,अनलाइन प्रतिवेदन प्रणाली, डिजिटल बिलिङ सेवा जस्ता आधुनिक सुविधा सुरु भएका छन्।

नगरपालिकाको पहल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको सहकार्यमा अस्पतालमा यस्ता सेवाहरु सूचारू भएका हुन्।प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा रहेको कोल्टी अस्पताल अहिले आधारभूत अस्पतालमा परिणत भएको छ।अस्पतालको स्तरोन्नति गरिदै अहिले आँखा सेवा, दन्त सेवा,आकस्मिक प्रसूति सेवा,अस्पताल फार्मेसी, फोहोर व्यवस्थापन,भवन मर्मत, खानेपानी तथा विद्युत् सेवा व्यवस्थापनमा सुधार भएको छ।

कोल्टी अस्पतालमा अहिले सिजेरियन शल्यक्रिया नियमित  हुने गरेकाे छ।दन्तसेवा ,आँखाजस्ता विशेषज्ञ सेवा, ब्लड क्रस म्याच, एक्स–रे, भिडियो एक्स–रे, ल्याब सेवा, स्मार्ट हेल्थमार्फत टेलिहेल्थ सेवा र एआरटी सेवाले यहाँका नागरिकलाई सहज भएको छ।काेल्टी अस्पताल रंगले मात्रै नभई प्रभावकारी कामले समेत परिवर्तन भएको छ।सफल शल्यक्रिया समेत अस्पतालमै हुने गरेकाे छ।

गुणस्तरीय सेवा-सुविधाले काेल्टी अस्पताल दुर्गमका नागरिककाे राेजाईमा पर्ने गरेकाे छ।पहिले सामान्य उपचारका लागी धनगढी,नेपालगञ्ज जानुपर्ने बाध्यता रहेकाेमा अहिले अस्पतालमै गुणस्तरीय उपचार सेवा दिईरहेकाे छ।‘उत्कृष्ट स्वास्थ्य संस्था’ विधामा पुरस्कृत भएको काेल्टी अस्पताल पहिलेकाे तुलनामा अहिले आकाश पातालकाे फरक छ।

अस्पताल अझै भाैतिक संरचना र दरवन्दी अभावमा रुमलिएकाे छ ।उचित भाैतिक गुणस्तरीय संरचना थपेर दक्ष जनशक्ति थप गरेकाेमा खण्डमा काेल्टी अस्पतालले अझै काेल्टाे फेर्ने विश्वास लगिएकाे छ।काेल्टी अस्पताल,दुर्गमका नागरिककाे सेवामा कटिबद्ध छ।नियमित सिजेरियन
शल्यक्रिया भईरहेका छन्।जसले गर्दा महिलाकाे ज्यान गुम्नु पर्ने समस्या दुर भएको छ।

फाेटाेफिचर…..

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑