
काठमाडौँ : कांग्रेस उभापति विश्वप्रकाश शर्माले फागुन २१ मा दलहरुले एक्ला–एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । उनले सरकारलाई अझै निर्वाचनको वातावरण बनाउन पनि आग्रह गरेका छन् ।

‘फागुन २१ मा निर्वाचन सम्पन्न गराउने गरी सरकार दृढतापूर्वक अघि बढोस् । सरकारले वातावरण बनाउने काम अझै बनाओस्,’ निर्वाचन आयोगले विशेष महाधिवशेनलाई मान्यता दिए लगत्तै भने, ‘आगामी निर्वाचनमा एक्लाएक्लै चुनावमा लडौं । प्रधानमन्त्री कुर्सी ताकेर गर्ने गठबन्धन गर्ने कुरा खारेज भएका छन् । सरकार बनाउन चाहिने बहुमत पुगेन भने आवश्यक गणितको लागि संवाद गरौँला ।’
उनले मुलुकका स्थायी पद्दतिको लागि दलहरुबीच राष्ट्रिय सहमति गर्न पनि आग्रह गरे । ‘चुनावमा एकले अर्कालाई गाली गर्न बन्द गरौं,’ उनले भने, ‘मुलुकमा नयाँ आशा जगाउनु परेको छ । प्रत्येक नागरिकका लागि विश्वास जगाउने घडी हो । आशाको दियोमा प्रेमको तेल थप्दै विश्वास जगाऔं ।’
उनले पूर्व सभापति शेरबहादुर देउवा, कार्यवहाक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरुलाई नवीन कांग्रेसको अभियानमा लाग्न आग्रह गरे । ‘कोर्ट कचहरी नगरी महाअभियानमा सँगै जाऔँ भन्न चाहन्छौं,’ उनले भने ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर