
काठमाडौँ : नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । शुक्रबार बिहानै देउवा पक्षका नेताहरू कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् ।

स्रोतका अनुसार नेताहरू विमलेन्द्र, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेत लगायत आयोग कार्यालय पुगिसकेका छन् । गगन–विश्व समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेसमा आधिकारिकता विवाद छ ।
गगन पक्षले बिहीबार आधिकारिकता माग्दै आयोगमा निवेदन दिएको छ । यसले आयोग एउटा निर्णयमा पुग्नुपर्ने दबाबमा छ । देउवा पक्षले आफ्नो पक्षमा निर्णय गराउन दबाब दिने उद्देश्यले आयोगमा आफ्ना नेता कार्यकर्ता पठाएको बुझिएको छ ।साथै कांग्रेसको तरुण दलले आयोग घेर्ने तयारी गरेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर