• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

एमालेले हरेक विचार,आर्दश र त्यागलाई तिलाञ्जली दिने काम गर्याे: नेता शाह

खप्तड मालिका न्युज December 26, 2025 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश बहादुर शाहले नेकपा एमालेले हरेक विचार,आर्दश र त्यागलाई तिलाञ्जली दिने काम गरेकाे बताएका छन्।

शुक्रबार पार्टीले १० र ११ गते गरेका बैठकका निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा बाेल्दै नेता शाहले यस्ताे बताएका हुन्।उनले एमालेले मदन भण्डारीकाे विचार,मनमाेहनकाे त्याग पुष्पलालकाे आर्दशलाई तिलाञ्जली दिएकाे बताए ।

सत्ता साझेदारका लागी जाे संग पनि गटझट गर्ने पार्टी एमाले भएकोले पद र सत्ताकाे लागी सधैं किँचलाे हुने पार्टी भित्र बस्न मनले नमानेकाेले आफुले एमाले छाेड्न बाध्य भएको बताएका हुन्।

उनले राजनीति व्यक्तिगत स्वार्थका लागी नभई सिंगाे देश र जनताकाे पक्षमा रहेर राजनीति गर्नुपर्ने कुरामा जाेड दिए। पद र सत्ताकाे लागी कुनै पनि व्यक्ति लाचार भएको खण्डमा उसकाे राजनीति स्वार्थ बाहेक अरुमा नहुने प्रष्ट पारे।

साथै उनले देशकाे सार्वभौमसत्ता तथा राष्ट्रिय स्वाधीनताकाे रक्षा गर्न नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको बताएका हुन्।देशको सार्वभौमसत्ता तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्नका लागि नेपाली कम्युनिस्ट पार्टी खडा भएको बताउँदै नेता शाहले यसमा बलियाे राजनीति ईच्छाशक्ति,नागरिक एकता र सचेतनाका साथै राष्ट्रिय हितमा आधारित नितिहरु आवश्यक बताए।

देशको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई बाह्य र आन्तरिक खतराबाट सुरक्षित गर्न नेपाली कम्युनिस्ट पार्टीले आगामी दिनमा ठुलाे भूमिका खेल्ने समेत नेता शाहले प्रष्ट पारे। साथै उनले देशभक्ति पुर्ण कम्युनिस्ट आन्दोलनकाे रक्षा गर्न पार्टी निर्माण भएको कुरामा जाेड दिएका हुन्।

पछिल्लो समय देश राष्ट्रिय स्वाधिनता र अखण्डताकाे संकटमा रहेकाे बताउँदै उनले यिनिहरुलाई पुन: ध्रुविकरण तथा एकताकद्द गर्न आवश्यक रहेकाे बताए ।साथै उनले सशस्त्र बिद्रोहकाे आयाम,सशस्त्र जनयुद्धकाे आयाम लगायत विभिन्न कम्युनिस्ट आन्दोलनका आयामहरुलाई आत्मसात गर्न महत्त्वपूर्ण रहेकाे समेत बताए।

नेपाली कम्युनिष्ट पार्टी बाजुराबाट ५ जना उम्मेदवार सिफारिस

नेपाली कम्युनिस्ट पार्टी बाजुराबाट ५ जना उम्मेदवार सिफारिस भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाजुरामा नेपाली कम्युनिस्ट पार्टीले ५ जनाकाे नाम सिफारिस गरेकाे हाे।

प्रतिनिधि सभाकाे आगामी निर्वाचनम प्रत्यटक्षतर्फ प्रकाश बहादुर शाहकाे एकल नाम सिफारिस गरिएको हाे ।भर्खरै एमाले परित्याग गरि नेकपामा प्रवेश गरेका नेता शाह प्रत्यक्ष रुपमा एकल सिफारिस भएका हुन्।

त्यस्तै समानुपातिक तर्फ दुर्गम तथा पिछडिएको क्षेत्रबाट
हिक्मत जंङ्ग शाही,दलित महिला तर्फबाट बिनिता विक र घाईते तथा अपांगताबाट सञ्जय कटेल सिफारिस भएका छन्।

राष्ट्रिय सभातर्फ अजबहादुर मल्ललाई सिफारिस गरिएको नेपाली कम्युनिष्ट पार्टी बाजुराले पत्रकार सम्मेलन मार्फत जानकारी गराएकाे हाे । पत्रकार सम्मेलनमा नेपाली कम्युनिष्ट पार्टीका विभिन्न नेता कार्यकर्ता संगै पत्रकारकाे सहभागीता थियाे।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑