• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

आगामी चुनावमा कुनै दावी छैन्,बरु पार्टी सुदृढीकरणमा लाग्छुः सहमहामन्त्री पाण्डे

खप्तड मालिका न्युज December 12, 2025 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः  नेपाली कांग्रेसका सहमहामन्त्री बद्री प्रशाद पाण्डेले पार्टीमा नयाँ पुस्तालाई अवसर दिएर आफू पार्टी सुदुढीकरणमा लाग्ने बताएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागी पार्टीको काम कर्तव्यका निम्ती गृह जिल्ला बाजुरा आईपुगेका सहमहामन्त्री पाण्डेले अब आफूले चुनाव नलड्ने घोषणा गरेका हुन्।

नेपाली कांग्रेस बाजुराले आयोजना गरेको बृहत् छलफल तथा भेटघाट कार्यक्रममा सहमहामन्त्री पाण्डेले चुनाव नलड्ने बताएका हुन्। आगामी प्रतिनिधि सभाको चुनावमा आफू उम्मेदवार नहुने बताउँदै उनले आफू पार्टी सुदुढीकरणमा लाग्ने बताए ।

मन्त्री पाण्डेले भने,‘सत्ता र शक्तिको लोभले सिङ्गो पार्टी लाई दिशाहिन बनाईरहेको अबस्थामा राजिनिती मूल्य,मान्यता र निष्ठा केन्द्रित हुनुपर्छ। आफू भैसकेपछी पार्टी भित्र अरुलाई अबसर दिन आवश्यक छ । म सांसद र मन्त्री भइसकेँ । नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने धेयका साथ चुनाव नलड्ने निधो गरेँको छु ।’

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका पाण्डेले पार्टीलाई शसक्त र बलियो बनाउन सबैले हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका हुन्। साथै उनले सधैं एउटै व्यक्ति मात्र नभई नयाँ पुस्ताहरुलाई अवसर दिन आवश्यक रहेको समेत बताए ।

अब हुने प्रतिनिधि सभाको प्रत्यक्षरसमानुपातिक एवं राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि आफ्नो कुनै इच्छा नभएको पाण्डेले बताए । २०७९ मा पाण्डे बाजुराबाट प्रत्यक्ष निर्वाचित भई मन्त्री समेत बनेका थिए। तत्कालीन नेपाल सरकारका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको सरकारमा पाण्डे मन्त्री बनेर सरकारमा सहभागी थिए ।

जेनजी आन्दोलन पश्चात् देशमा संकट उत्पन्न भई प्रतिनिधि सभा विघटन भएको थियो।मन्त्री पाण्डे बाजुराबाट २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुरा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।पाण्डे नेविसंघको राजनीतिबाट उदाएका पार्टीको केन्द्रीय सदस्य, पार्टीको सहमहामन्त्री हुँदैे नागरिकक उड्डयन तथा पर्यटन मन्त्री समेत बनेका छन् ।

पिछडिएको क्षेत्रको पनि प्रतिनिधित्व हुने र सरकारमा रहेर काम पनि गरेर देखाउन सक्ने छवि पाण्डेको थियो। सरकारमा रहेको वेला पाण्डेले उत्कृष्ट कार्य समेत गरेका थिए। कार्य,सम्पादन मुल्यांकनमा उनी उत्कृष्ट मन्त्रीको रुपमा समेत परेका थिए। भने विदेशबाट उत्कृष्ट कार्यको अवार्ड समेत पाएका थिए।

तर पाण्डे गृह जिल्लामा भने आलोचित नै भईरहेँ। यहाँका नागरिकले जिल्लाको लागी मन्त्री पाण्डेले केहि पनि गर्न नसकेको आरोप लगाएका छन्। आगामी चुनावमा उठेको खण्डमा कुनै पनि हालतमा विजयी नगराउने पक्षसम्म यहाँका नागरिक पुगेका हुन्।पाण्डेले २०७९ को चुनाव अघि डिस्टिक्सन ल्याएर उत्तिर्ण हुने समेत बताएका थिए।

पाण्डे २०७९ मा सरकारमा जानू पुर्व २०७० सालको संविधान सभाको समानुपानिक सांसद,र २०७४ मा राष्ट्रिय सभाका सदस्य समेत भएका थिए ।प्रत्यक्ष निर्वाचन प्रणालीबाट २०७९ मा बाजुराबाट प्रतिनिधी सभामा निर्वाचित भएपछि पार्टीको गगन र शेखर कोइराला टिमबाट सहमहामन्त्री पाण्डे मन्त्री बनेका थिए ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑