• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 19, Mar, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  बडिमालिका नगरपालिका

समानताकाे चेतना जागृत नभएसम्म लैङ्गिक हिंसाकाे अन्त्य हुन सक्दैन्: उप-प्रमुख थापा

खप्तड मालिका न्युज December 10, 2025 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,बाजुरा:   बडीमालिका नगरपालिकाकी उप-प्रमुख नन्दा थापाले व्यक्तिमा समानताकाे चेतना जागृत नभएसम्म लैङ्गिक हिंसाकाे अन्त्य गर्न नसकिने बताएकी छन्। लैङ्गिक हिंसा विरुद्धको अभियान समापन तथा छाउपडी गाेठमुक्त वडा घाेषणा कार्यक्रममा बाेल्दै थापाले यस्ताे बताएकी हुन्।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी उप-प्रमुख थापाले जबसम्म महिला र पुरुष समान हुन् भन्ने चेतना व्यक्तिमा नआएसम्म कुनै पनि हालतमा लैङ्गकि हिंसाकाे अन्त्य नहुने बताएकी हुन्।लिङ्गकै आधारमा गरिने विभिन्न विभेदबाट बढिजसाे महिलाहरु हिंसाकाे सिकार हुने गरेकाे उप-प्रमुख थापाकाे भनाइ थियाे।

साथै उनले लैङ्गकि हिंसाकाे अन्त्य गर्न जरुरी रहेकाे बताउँदै लैङ्गकि हिंसाकाे सिकार हुनबाट जाेगिन महिला पुरुष दुबैले एक-आपसमा सचेतता अपनाउनु पर्ने बताएकी हुन्।प्रविधिकाे विकासले झनै हिंसा उग्र बन्दै गएकाेले प्रविधिकाे सहि ढंगले सदुपयोग गर्न आवश्यक रहेकाे बताईन्।

उप-प्रमुख थापाले पछिल्लो समय पुरुष समेत हिंसाकाे सिकार बन्दै गएकाेले आफू माथि भएको हिंसालाई नलुकाई खुलस्त रुपमा काुननी उपचारमा जानु पर्ने बताईन्। आफूमाथी भएको हिंसा लुकाएरै यस्ता खाले घटनाकाे संख्यामा बृद्धि हुने क्रम बढिरहेकाे उनकाे भनाइ थियाे।

समाजलाई प्रभावित बनाउने नकारात्मक कु-संस्कार र कुरितीकाे अन्त्य गरि सभ्य समाज निर्माण गर्नुपर्ने कुरामा थापाले जाेड दिईन्।संख्याको हिसावले हिंसाका घटनामा बृद्धि भएको जस्तो देखिए पनि पीडितहरुले पींडा दबाएर राख्ने गरेकै कारण समाजमा हिंसा बढेकाे उनले प्रष्ट पारेकी हुन्।

हिंसा बिरुद्ध कानुनी लडाईका लागि अग्रसर हुन सबैले हातेमाले गरेर अघि बढ्नु पर्ने बताउँदै न्यायिक समितिले घरेलु हिंसा बिरुद्ध कानुनी जागरणका कार्यक्रम समेत अघि बढाउनुपर्ने बताईन् ।उनले भनिन्,,“हिंसा निवारणका लागि पारिवारिक वातावरण,गरिवी र विपन्नता र अशिक्षाको अन्त्य गर्न जरुरी छ। महिला र पुरुष बिच जब समान अधिकार स्थापित हुन्छ अनि मात्रै हिंसाकाे अन्त्य हुन सक्छ।”

कतिपय समाजले अहिले पनि महिलाहरुलाई दबाएर राखिरहेकाे हुँदा यस्ता खाले घटनाहरु न्युनिकरण हुन नसकेकाे उनकाे भनाइ छ। अघिल्लो पुस्ता भन्दा पछिल्लो पुस्तामा घटनाकाे संख्यामा केही कमी आएता पनि निर्मुल भने हुन नसकेकाे थापाले बताईन्।अहिले महिलाहरु पनि उच्च ओहाेदामा रहेकाे बताउँदै उनले महिला र पुरुष समान हुन् भन्ने चेतना जागृत हुन जरुरी रहेकाे बताएकी हुन्।

सम्बन्धित पोस्ट
  • मध्यम वर्षा तथा हिमपातको सम्भावना
  • राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र
  • कांग्रेस सभापति थापाले दिए राजीनामा
  • अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    मध्यम वर्षा तथा हिमपातको सम्भावना

    राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र

    कांग्रेस सभापति थापाले दिए राजीनामा

    समाचार

    मध्यम वर्षा तथा हिमपातको सम्भावना

    राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र

    कांग्रेस सभापति थापाले दिए राजीनामा

    अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड

    संक्रमितलाई लाञ्छना र तिरस्कार हाेईन्,सम्मानजनक व्यवहार सुनिश्चित गर्नुपर्छ: नगर प्रमुख खड्का

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑