
गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: देउडाकाे पहिचान बेग्लै छ।सुदूरकाे ढुकढुकी संग प्रत्यक्ष जाेडिएकाे संस्कृति हाे देउडा । जसले परम्परागत संस्कृतिकाे पहिचान झल्काएकाे छ।बाजुरा आफैमा संस्कृतिले भरिपूर्ण जिल्ला। दुर्गम तर संस्कृतिले चिनिएकाे क्षेत्र। पश्चिम नेपालका मेला, चाडपर्व,जात्रामा गाइने एक गीत देउडा ।

बाजुरा देउडा क्षेत्रबाटै चिनिएकाे छ । देउडाबाटै बाजुराका अन्य पुराना संस्कृति पनि जिवित छन्।प्रविधिकाे विकासले अन्य क्षेत्रमा विस्तारै देउडा लाेप हुने अवस्थामा छ । प्रविधिकाे प्रभावबाट बाजुरा पनि अछुत छैन्। तर बाजुरामा प्रभाव परे पनि देउडा भने जिवित छ। यहाँका कलाकर्मी र स्थानीयले देउडाकाे मर्म मर्न दिएका छैनन्।
बाजुराकाे देउडा क्षेत्रकाे पहिचानलाई उचाइमा पुर्याउन यहाँका देउडा कलाकारहरुकाे ठुलाे हात छ। जसका कारण यहाँकाे देउडा देश देखि विदेशसम्म झल्किएकाे छ । बाजुराकाे देउडा यहाँका नागरिककाे ढुकढुकी बनेकाे छ । कयौं देउडा कलाकार बाजुराले जन्माएकाे छ।
बाजुराकाे देउडा कलाकार भन्ने वितिक्कै सबैकाे मानसपटलमा छाउने नाम हाे,चर्चित लाेक तथा देउडा गायक प्रकाश थापा।देउडा तथा ठाडीभाका गितमा समधुर श्वर दिएर एकछत्र राज गर्न सफल थापा “काेकलकण्ठी श्वरका धनी”उपनामले चिनिन्छन्।सुदूरपश्चिमका शान, देउडा क्षेत्रका हस्तीकाे रुपमा समेत गायक थापालाई लिन सकिन्छ।
थापाले २०५६ सालमा पहिलो गित सांगितिम बजारमा ल्याएका थिए। जुन गितकाे नाम थियाे “सुदरपश्चिम विकटै भए नि, सम्झना छ मै मरी गएनी ”।त्यहिबाट सांगितिक यात्रा थालेका गायक थापाले आफ्नो सिंगाे जीवन नै सांगितिक क्षेत्रमा व्यथित गरेका छन्।हालसम्म उहाँले हजारौं संख्यामा देउडा तथा ठाडी भाका गितमा श्वर दिएका छन्।
उनै देउडा क्षेत्रका हस्ती गायक थापाकाे नयाँ देउडा गित “झल्किजा कम्पनी माला”सांगीतिक बजारमा आएकाे छ।
विगत तीन दशक देखि गित संगीत क्षेत्रमा गितका शब्द बुनिरहेका चर्चित सर्जक,साहित्यकार तथा संगीतकार राजेन्द्र शाह (विपी) काे शब्दमा रहेकाे गायक थापाकाे गित बजारमा आएकाे हाे ।
शुक्रबार गायक थापाकाे अफिसियल युउटुब च्यानलबाट गित सार्वजनिक गरिएको छ। गितमा गायक थापा र समधुर श्वरकी धनी बाजुराकी चेली गायिका लक्ष्मी नेपालीकाे आवाज रहेकाे छ। थापाकै लयमा रहेकाे गितकाे चर्चित सर्जक राजेन्द्र शाह विपी तथा गायक थापाकै शब्दमा बनेकाे छ।
भिम थापाकाे निर्देशनमा बनेकाे गितमा दिपक संगम विसीकाे ऐरेञ्जर,रेकर्डिङ र मिक्सिङ रहेकाे छ। भने गितकाे छायांकन अमृत उपाध्यायले गरेका छन्। मधुमाला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितमा चर्चित माेडल राजेश पायल विक,सर्मिला ऐडी मुख्य अभिनयकाे भुमिका छन् ।
त्यस्तै मिना बाेहरा,प्रतिक्षा राेकाया,प्रियंका विक,सुजाता उखेडा लगायतले सह-अभिनयकाे रुपमा भुमिका निर्वाह गरेका छन्।गितकाे सम्पादन कल्पेश विश्वकर्मा सम्पादन कक्ष एन अल्फा स्टुडियो रहेकाे छ। बाजुराकाे कला,संस्कृतिलाई प्रमुख प्राथामिकतामा राखेर गित सार्वजनिक गरिएको हाे।गितकाे निर्माताकाे रुपमा ईश्वरी बडुवाल थापा रहेकी छन्।
गितमा बाजुराकाे परम्परागत कला,संस्कृति,रितीरिवाज, भेषभुशा,चालचलन लगायत ईत्यादीलाई देखाईएकाे छ।अन्य गित जस्तैः याे गितले पनि दर्शक श्राेताकाे अपार माया,ममता,साथ सहयोग पाउने विश्वास लगिएकाे गितका गायक थापाले बताएका छन्।थापाका हजारौं चर्चित गितहरु सांगितिक बजारमा छन्। जसकाे बयान गरेर कुनै साध्य छैन्।
राष्ट्रिय र प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित भएका बाजुराका हाेनहार गितकार तथा गायक विपी र शाह देउडा क्षेत्रमै पहिचान बनाउन सफल छन्। सुदूरकाे विकट ठाउँ बाजुरामा जन्मेर यहाँको कला,संस्कृति,बाजुरेलीकाे ढुकढुकी देउडाकाे मर्मलाई मर्न नदिएर जाेगाई रहनु भएको छ।
शाहले सिर्जना गरेका र थापाले श्वर दिएका गितमा सुदूरपश्चिमको मौलिकता र संस्कृति झल्किएको हुन्छ ।त्यति मात्र नभई जीवन र जगतका अनेक आयामहरु उहाँकाे हरेक गितमा भेटिन्छन् ।थापाकाे आवाजले देउडाको संस्कृति संरक्षण र सबै प्रति माया, मोहको भाव झल्काएकाे हुन्छ ।
अहिलेको वर्तमान समयमा फरक खाले गित जसले समाजमा नकारात्मक प्रभाव पारि रहेको अवस्थामा देउडा सर्जक विपी र गायक थापाले यहाँको संस्कृतिकाे पहिचान बढाउनुका साथै परम्परागत कला,संस्कृतिकाे संरक्षण गर्दै आएका छन्।
सर्जक राजेन्द्र शाह विपी भन्छन्,‘नयाँ पुस्तामा देउडा प्रतिको मोह छ तर उत्श्रृङ्खल र छाडा गीत प्रति बढी आकर्षण देखिन्छ । जसले गर्दा देउडा गीत र ठेट संस्कृति ओझेलमा पर्न थालेको छ।यस्तो नकारात्मक प्रभावलाई चिर्न जरुरी छ।’
त्यस्तै गायक थापा भन्छन्,“हामीले देउडाकाे आत्मा मर्न दिनु हुन्न।किनकी याे हाम्रो ढुकढुकी हाे,मुटु हाे ।देउडाकै संरक्षण,सम्बर्द्धन तथा प्रबर्द्धनमा लाग्न जरुरी छ। मैले आफूले आफ्नो सिंगाे जीवन देउडा क्षेत्रमै व्यथित गरेकाे छु।”
जिन्दगीका भाेगाई,थकान तथा सुख,दु:ख साटासाट गर्न देउडालाई प्रमुख माध्यमकाे रुपमा लिईन्छ। सुदूरकाे देउडा संस्कृतिकाे जगेर्ना तथा परम्परागत संस्कृतिलाई निरन्तरता दिन जरुरी रहेकाे बुढापाखाकाे भनाइ छ।
मुख्य भुमिकाकाे रुपमा माेडल विक: पछिल्लो समय माेडलिङ क्षेत्रमा चर्चा कमाउदैँ
“झल्किजा कम्पनी माला” नामक बाेलकाे गितमा मुख्य भुमिकाकाे रुपमा चर्चित माेडल राजेश पायल विक देखिएका छन्।पछिल्लो समय गित संगित क्षेत्रमा माेडलिङकाे रुपमा राम्रो अभिनय गर्दै चर्चा बटुलेका विक झल्किजा कम्पनी मालामा प्रमुख माेडलकाे रुपमा देखिएका हुन्।
साथमा माेडल सर्मिला ऐडीले साथ दिएकी छन्।बाजुराकाे बडीमालिका नगरपालिका वडा. नम्बर ९ मार्तडीमा जन्मिएका माेडल विक पछिल्लो समय गित संगीत क्षेत्रमा माेडलकाे रुपमा रुचाईने व्यक्तिकाे रुपमा चिनिन्छन्। देश देखि विदेसम्मका कार्यक्रममा विवकाे माग हुने गरेकाे छ।
सांगितिक क्षेत्रमा विकले अहिलेसम्म दर्जनौं बढि गितमा अकिनयकाे भुमिका निर्वाह गरेका छन् । उनकाे माेडलिङ स्टायलकै कारण उनी आम नागरिककाे मानसपटलमा बसेका छन्।माेडल विक जती सांगितिक क्षेत्रमा अब्बल छन्। त्यति नै राजनिति क्षेत्रमा पनि अब्बल छन्।
पछिल्लो समय युवापुस्ताकाे माझ युवा नेताकाे रुपमा समेत उनी स्थापित छन्। राजनिति संगै सांगीतिक क्षेत्रकाे भविष्य बाेकेका विक आफ्नाे सांगितिक यात्रा र राजनीति यात्रा बलियाे रुपमा अघि बढाउँदै आएका छन्।चाहे आधुनिक हाेस्,चाहे,पप,अथवा चाहे देउडा । जस्तोसुकै गितमा पनि उनकाे अभिनय अब्बल छ।माेडल विक अहिले एमाले बडीमालिका नगर कमिटीकाे अध्यक्षकाे रुपमा छन्।
गित सुन्न तलकाे लिंक दबाउनुहाेला….

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर