
बाजुरा: स्थापना दिवसका अवसरमा बडीमालिका नगरपालिकाले सार्वजनिक बिदा दिएकाे छ । ११ औं ‘नगर स्थापना’ दिवसका अवसरमा पालिकाले सार्वजनिक बिदा दिएकाे हाे।

नगरपालिकाले साेमबार एक सार्वजनिक सूचना जारी गर्दै दिवसका अवसरमा मातहतका वडा कार्यालय,स्वास्थ्य संस्था,सेवाकेन्द्र,सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरु लगायत पालिकाबाट प्रवाह हुने सेवा बन्द रहने जनाएको हाे।
स्थापना दिवसलाई भव्य तथा उत्साहपूर्वक सम्पन्न गर्न सार्वजनिक बिदा दिने निर्णय गरिएकाे सूचनामा उल्लेख छ। साथै नगरपालिकाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमकाे आयोजना गर्ने भएको छ। दिवसमा नगरभित्रका ९ वटै वडाका स्थानीय,कला,संस्कृति विभिन्न नृत्यहरुकाे प्रर्दशनी गरिने छन्।
त्यस्तै नगर गितमा स्थानीय कलाकारहरुबाट नृत्य प्रस्तुति,९ वटै वडाका विभिन्न झाँकी प्रर्दशन लगायत भाेटेसेलाे अनन्ते गाथा तथा भुवाचाली गाैरा आदीकाे प्रस्तुती गरिने छ ।नगरपालिकाकाे कलासंस्कृति: हाम्रो पहिचान बिषयमा मावि स्तरिय नृत्य प्रतियाेगिताका साथै स्थानीय पहिरन सहित पञ्चेबाजा नाच देखाईने छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर