• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको शिलान्यास

खप्तड मालिका न्युज November 23, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः  बाजुराको बुढिनन्दा नगरपालिका अन्तरर्गत पर्ने दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको शिलान्यास गरिएको छ। गत बुधबार जडाङ्गाको बेलिब्रिज दानासाँघुमा स्थानान्तरणको लागी सिलान्यास गरिएको थियो।

त्यसको तिन दिन पछि शनिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उक्त खोलामा पक्की पुल निर्माणका लागी शिलान्यास गर्नु भएको हो ।३ करोड ९३ लाख ७५ हजार रुपैयाँ लागतमा निर्माण हुने पक्की पुल एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित शिलान्यास गरिएको हो।

बुधबार बुढीनन्दा नगरपालिकामा उप-प्रमुख रामबहादुर बोहराले सोही खोलामा बेलिब्रिज पुलको शिलान्यास गर्नु भएको थियो। भने शनिवार सोही खोलामा मुख्यमन्त्री शाहले पक्की पुल निर्माणका लागी सिलान्यास गरेका हुन्। एउटै खोलामा तीन दिनको फरकमा दुई पुलको सिलान्यास गरिएको बिषय अहिले सामाजिक सञ्चालमा चर्चाको बिषय बनेको छ ।

सडक डिभिजन कार्यालय साँफेबगरले करिब २ करोड २२ लाख लागतमा बेलिब्रिज पुल सार्न लागेको हो।भने पक्की पुल निर्माणका लागी ३ करोड ९३ लाख ७५ हजार रुपैयाँमा पक्की पुल निर्माण कार्य अघि बढाईएको पुर्वाधार विकास कार्यालय साफेबगर, अछामका इन्जिनियर जंग थापाले जानकारी दिए। पी.के कन्ट्रक्सनले निमार्ण ठेक्का पाएको मोटरेवल पक्की पुल पूर्व आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीको विशेष पहलमा निर्माण हुन लागेको हो ।

त्यस्तै बुढिनन्दा नगरपालिकाको समन्वय,सहकार्य जडाङ्गामा रहेको बेलिब्रिज स्थानान्तरण हुन लागेको हो । एउटै खोलामा दुई पुल किन ? भनेर अहिले प्रश्न गर्न थालिएको छ । यता मार्तडी-कोल्टी सडकखण्डको बाउलीमा पाँच बर्ष देखि पुल अलपत्र अवस्थामा छ । कतिपयले यताको ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गर्नुपर्ने तथा तत्काल बेलिब्रिज यहीँ खोलामा जडान गर्नुपर्ने माग राखेका छन्।

दानासाँघुमा पक्की पुल निर्माण हुने भए पछि अब त्यहाँ बेलिब्रिज जडान गर्न कुनै आवश्यक नरहेको कतिपय स्थानीयको भनाइ छ। मार्तडी देखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड छ।उक्त सडकको बाउलीमा पाँच बर्ष देखि पुल अलपत्र अवस्थामा छ। अनाई खोलामा पुल निर्माण करिब अन्तिम चरणमा छ।त्यस्तै रजातोली खोलामा पनि पुल बन्न सकेको छैन्।

पुल निर्माण नभएका खोलामा बर्षातको समय पानीको बहाव बढ्दा समस्या हुने गरेको छ ।दानासाँघुपुल निर्माण पछि माथिल्लो क्षेत्रका ४ स्थानीय तह, बूढीनन्दा नगरपालिका,हिमाली, जगनाथ र स्वामिकार्तिकका नागरिकका साथै छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकोट गरि १७ बढि पालिकाका नागरिकलाई सहज हुने छ।करिब साढे २ वर्ष सम्म जडाङ्गामा थन्किएको बेलिब्रिज कहिँ सार्न सकिएको थिएन्।

अहिले दानासाँघुमा ठाउँमा हतारहतार बेलिब्रिज सार्ने भनेर शिलान्यास गरियो । त्यसको तीन दिन पछि प्रदेश मुख्यमन्त्री आएर पक्की पुलको पनि शिलान्यास गरेका छन्।मुख्य मन्त्री कमल बहादुर शाह, पुर्व आर्थिक मामिला मन्त्री नरेश कुमार शाही, माननिय जुना दानी लगायतले पुल सिलान्यास गरेका हुन् ।बुधबार नगर उप-प्रमुख राम बहादुर बोहरा लगायत,अन्य पालिकाका प्रमुख,उपप्रमुख र स्थानीयको सहभागीमा बेलिब्रिज पुलको सिलान्यास गरिएको थियो।

अहिले एउटै स्थानमा ३ दिनको फरकमा दुई पुलको शिलान्यास किन भन्ने प्रश्न उठेको छ ।बेलिब्रिज जडान हुने कि पक्की पुल बन्ने प्रक्रिया अघि बढ्ने? दुवै योजना एउटै स्थानमा कार्यान्वयन सम्भव छ कि छैन? लगायत प्रश्न उठेका छन्।शिलान्यासका लागि विकास? कि विकासका लागि शिलान्यास? यस्तो अन्योलपूर्ण स्थितिले स्थानीयमा प्रश्न उब्जाएको छ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑