• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 19, Mar, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा भव्य पूजाआजा,परम्परागत संस्कृतिकाे जेगेर्ना

खप्तड मालिका न्युज November 9, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

गाेविन्द्र राज तिमिल्सेना,बाजुरा:   बाजुराकाे धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा भव्य पूजाआजा गरिएको छ।लामाे समयकाे अन्तराल पश्चात् बडीमालिका नगरपालिका वडा.नम्बर ७ मा रहेकाे धार्मिक आस्थाकाे धराेहर कालाजग्रामा देवीकाे विधिवत् रुपमा पुजाआजा गरिएको हाे।

 

 

टाइगर हिलका नामले परिचित धार्मिक,ऐतिहासिक तथा पर्यटकीय स्थल कालाजग्रामा शनिवार दिनभर विधिवत् रुपमा भव्य पूजाआजा गरिएको हाे। रजाताेलीका स्थानीयले बर्षाैदेखि पुजा गर्दै आएकाेमा बिचमा केही समस्याका कारण देवीकाे पूजा हुन सकेकाे थिएन्।

ढम्कनेका स्थानीयले फाट्टफुट्ट पूजा अर्चना गरे पनि विधिवत् रुपमा ठुलाे पुजा रजाताेलीका स्थानीयले गर्ने गर्थे।१९ पुस्ता देखि निरन्तर पूजा हुँदै आएकाे तर बिचमा केही समस्याका कारण पुजा हुन नसके पनि याे बर्षबाट निरन्तर कालीका माताकाे पूजा हुने गाउँका मान्यजन स्थानीय मनरुप पाध्यायले बताए ।

उनका अनुसार,देवीको पुजा हुने धार्मिक तथा पर्यटकीय क्षेत्रमा लामाे समयपछि पूजा भएको छ। जसले गर्दा परम्परागत देखि चल्दै आएकाे पुर्ख्याैली धर्म,संस्कृतिकाे पालना भएकाे बताए । साथै उनले कालिका माताकाे दर्शनले सबैलाई शुभ फल मिल्ने विश्वास समेत लगिएकाे बताएका छन्।

परम्परागत धर्म संस्कृतिकाे जगेर्ना गर्ने उदेश्यका साथ कालाजग्राकाे राेकिएकाे पूजालाई निरन्तरता दिईएकाे धर्म,संस्कृतिका पालक स्थानीय बलराम पाध्यायले बताए । उनका अनुसार,कालू पाध्यायकाे पुस्ताबाट ऋषिमाण्डाै र कालाजग्रामा पूजा गर्ने चलन चलेकाे बताएका छन्।

केही बर्ष देखि राेकिएकाे पूजाआजालाई निरन्तरता दिनुपर्ने बताउँदै पाध्यायले यसमा सबै धर्म,संस्कृतिकाे पालना गरेर अघि बढ्नु पर्ने बताए । साथै उनले कालाजग्रा धार्मिक क्षेत्रले मात्र नभई पर्यटकीय तथा प्रचुर सम्भावना बाेकेकाे क्षेत्रका रुपमा समेत परिचित रहेकाे बताएका हुन्।

त्यस्तै कालाऋषि युवा क्लवका अध्यक्ष तथा सामाजिक अगुवा गणेश राज तिमिल्सेनाले पुर्ख्याैली परम्परालाई निरन्तरता दिईनुका साथै आगामी बर्षहरुपमा पनि निरन्तरता दिईने बताए । साथै उनले कालाजग्राकाे पर्यटन,प्रबर्द्धन तथा प्रचार-प्रसार गर्न आवश्यक रहेकाे बताउदैँ पूजाआजा संगै पर्यटन,प्रबर्द्धन गरेर आर्थिक समृद्धिमा टेवा पुर्याउनु पर्ने बताएका हुन्।

पूजाकाे लागी पुजारीकाे हातबाट गुफातालकाे जल लगेर शङ्क,घण्ट बजाउँदै ठाडाे भिर छिचाेली माईकाे मन्दिर नजिकै पुगेर विधिवत् रुपमा पूजाअर्चना गरिएको हाे। माईकाे लागी करिब २५ केजीकाे त्रिशूल,सहित घण्टहरु चढाईएकाे हाे। देवीकाे पुजाकाे लागी दर्शन गर्ने करिब दुई सय जना दर्शनार्थीकाे सहभागीता थियाे ।अत्याधिक जाडाे हुने उक्त ठाउँमा जाडाेकाे प्रवाह नगरी भव्य रुपमा पूजाआजा सम्पन्न गरिएको हाे ।

पर्यटन,प्रबर्द्धनकाे पर्खाइमा कालाजग्रा

धार्मिक आस्थाकाे धराेहर कालाजग्रा पर्यटन,प्रबर्द्धनकाे पर्खाइमा रहेकाे छ ।पछिल्लो समय कालाजग्रा पर्यटन,प्रबर्द्धन तथा प्रचार-प्रसारकाे पर्खाइमा छ ।बडिमालिका नगरपालिकासंग जोडिएको दिव्य सुन्दर ऐतिहासि तथा धार्मिक पवित्र स्थल कालाजग्रा जसलाई कालिका देविको रुपमा पनि चिनिने गरिन्छ।

यहाँ परापुर्ब काल देखिको गुफाताल,बासुधारा लगायत कालिका माईको मन्दिर छ । यस ठाउँ गुफाताल,बासुधारा तथा मन्दिर धेरै पुरानो मानिन्छ। मनको मनोकाङ्क्षा पूरा गर्न,पाप नष्ट गर्न र कालिका माईको वर पाउनको लागि विभिन्न ठाउँबाट आन्तरिक तथा बाह्य पर्यटक उक्त ठाउँमा जाने गरेका छन्।

तल घना जङ्गल माथि टुप्पाेमा समथर घाँसे मैदान, अग्ला हिमचुचुरा र पर्याप्त प्राकृतिक स्रोतसाधनले भरिएको स्थानमा कालाजग्रा अवस्थित छ ।कालाजग्रा जडीबुटीले मात्र सम्पन्न नभई पर्यटकीय तथा ऐतिहासिक स्थलले पनि समृद्ध छ ।यहाँ गुफाभित्र अनौठाे तालदेखि बाइसे–चौबिसे राज्यमा निर्माण गरिएको दरबारको अवशेष र कालाजग्रा देवीको बासस्थान समेत रहेकाे छ।

समुन्द्री सतहबाट करिब ३२०० मिटरकाे उचाईमा रहेकाे कालाजग्रा प्राकृतिक तथा धार्मिक हिसाबमा निकै महत्त्वपूर्ण छ।कालाजग्रा पुग्ने जतिकै पनि पहिलो रोजाइ गुफाताल हुने गरेको छ ।गुफा ताल नीलो आकाशजस्तै अनौठो र अच्चमलाग्दो देखिन्छ । यसको लम्बाइ, चौडाइ र गहिराइबारे कुनै खोज, अनुसन्धान छैन् तर निकै आकर्षक देखिन्छ।तलाउमा भने पुजारी बाहेक अरुले छिर्न नमिल्ने धार्मिक विश्वास छ।

भिमकाय पहाडमाथी उभिएको कालाजग्राबाट,छिमेकी जिल्ला हुम्ला,मुगु,जुम्ला,कालिकाेटका सेताम्य हिउँका पहाड, बझाङको सैपाल हिमाल, बडीमालिका, बूढीनन्दा लगायत ठाउँका मनमोहक रमणीय दृश्यावलोकन गर्न सकिन्छ ।कालाजग्राकाे पर्यटन प्रबर्द्धन गर्न सकेकाे खण्डमा आर्थिक उपार्जनका साथै पर्यटकीय क्षेत्रकाे प्रचार-प्रसार र राेजगारी सिर्जना हुने निकै सम्भावना रहेकाे छ।

कालाजग्रामा २०७२ सालमा नेपाल सरकार पर्यटन मन्त्रालयकाे बजेटबाट कालाज्ररा माईकाे मन्दिर, भिरमा गारेटाे बाटाे र गुफातालमा पुर्वाधार निर्माण गरिएको थियाे ।भने २०७७ मा स्थानीय सरकार वडाका वडा नं ७ का वडा अध्यक्षकाे पहलमा प्रदेश सरकारकाे बजेटबाट बाटाे रेलिङ र पि.सि.सि बाटाे निर्माण गरिएको थियाे।त्यस्तै अहिले कालाजग्राकाे थप पर्यटन,प्रबर्द्धनकाे लागी विभिन्न शिलालेख,संकेत,विभिन्न पर्यटन,प्रबर्द्धन सम्बन्धी लेख,जनावरका आकृति काेरिएका छन्।

सम्बन्धित पोस्ट
  • मध्यम वर्षा तथा हिमपातको सम्भावना
  • राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र
  • कांग्रेस सभापति थापाले दिए राजीनामा
  • अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    मध्यम वर्षा तथा हिमपातको सम्भावना

    राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र

    कांग्रेस सभापति थापाले दिए राजीनामा

    समाचार

    मध्यम वर्षा तथा हिमपातको सम्भावना

    राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र

    कांग्रेस सभापति थापाले दिए राजीनामा

    अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड

    संक्रमितलाई लाञ्छना र तिरस्कार हाेईन्,सम्मानजनक व्यवहार सुनिश्चित गर्नुपर्छ: नगर प्रमुख खड्का

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑