
बाजुरा: भाैगाेलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाकाे अभावमा बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने क्रम जिवित छ । आवश्यक स्वास्थ्य संस्था, भौगोलिक विकटता,प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा यहाँका आमाहरु बाटोमै बच्चा जन्माउन बाध्य छन् ।

हरेक बर्ष बाजुराका आमाहरुले बाटाेमै बच्चा जन्माउने गरेकाे समाचार आउँने गरेका छन्। घरपरिवारकाे स्वास्थ्य हेरचाह,असुरक्षित खानपान,भाैगाेलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाकाे अभाव नै यहाँका आमाहरुकाे प्रमुख बाधक समस्या हाे ।
बाजुरामा ४ बर्षकाे तथ्यांक मात्रै केलाउँदा दर्जनाै बढि आमाहरुकाे मुत्यु भएको छ भने कयौं आमाहरुले बाटाेमै बच्चालाई जन्म दिएकी छन्। त्यही समस्याबाट विहिवार बाजुराको बुढीगंगा नगरपालिका ७ सिमलकोटकी सिर्जना केसी पनि प्रताडित भईन्।सिर्जनाले बाटोमै आफ्नो सन्तानको जन्म दिईन्।
सिर्जनाले घरबाट स्वास्थ्य संस्था ल्याउँदै गर्दा बाटोमै बच्चाको जन्म दिएकी हुन् ।उनलाई सहज रुपमा सुत्केरी गराउन स्वास्थ्य संस्था लैजादै गरे पनि स्वास्थ्य संस्था टाढा हुँदा उनले बाटाेमै बच्चाकाे जन्म दिएकी हुन्।
सिर्जनालाई बाटोमै ब्यथा लागेको खबर स्वास्थ्य संस्थालाई खवर गरे पश्चात् लगत्तै सिमलकोट आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत विनिता विष्टले उद्दारका लागि सेवा दिन गएकी हुन् ।अनमी बिनिता बिष्ट दौडेर त्याँहा पुग्दासम्म सिर्जनाले बच्चा जन्माइसकेकी थिइन् ।
सिर्जनाकाे बाटोमै बच्चा जन्मीयो,तर हामी खवर पाउने वितिक्कै त्यहाँ पुगेका थियाैँ,अनमी विष्टले बताईन्।बच्चालाई जन्म दिए पनि अन्य व्यवस्थापन केही गरिएको थिएन्,विनिताले भनिन्,“ सालनालकाे व्यवस्थापन पछि अवस्था सामान्य देखिएकोले चेकजाँच गरेर घर पठाएका थियौँ ।”
अहिले आमा र बच्चाकाे अवस्था सामान्य रहेकाे अनमी विष्टले जानकारी दिएकी छन्।बुढीगंगामा मात्रै यो वर्ष दुई जना अरु आमाले पनि बाटोमै बच्चा जन्माएकी छन्।उसाे त बुढीगंगा अन्य पालिकाकाे भन्दा स्वास्थ्य सेवाबाट दख्खल छ । तर पनि आमाहरुले बाटाेमा बच्चा जन्माउने क्रम भने राेकिएकाे छैन्।
याे एक उदाहरण मात्रै हाे। बाजुरामा थुप्रै यस्ता घटनाहरु छन्। जिल्लामा स्वास्थ्य संस्था टाढा हुनु, उचित खानपान र हेरचाह नहुनु,समयमै स्वास्थ्य चेकजाँच नहुनु जस्ता समस्याले यहाँका आमाहरुले बाटाेमै बच्चा जन्माउने क्रम यथावत् रहेकाे छ। यहाँका ९ वटै स्थानीय तहका आमाहरुले बाटोमै बच्चा जन्माउने गरेका छन् ।
बाजुरामा बाटोमा सुत्केरी हुनेको यकिन तथ्याङ्क नभए पनि एक महिनामा दुईदेखि तिनजना महिला बाटोमै सुत्केरी हुने गरेकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गरे पनि बाजुराका आमाहरुले बाटाेमै बच्चा जन्माउने र मर्ने क्रम नरोकिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।
बाजुरामा भाैगाेलिक विकटता,गुणस्तरीय स्वास्थ्य सेवा पहुँचबाट वञ्चित,नियमित गर्भ जाँचको कमि,कडा परिश्रम,कम उमेरमै बच्चाकाे जन्म,पौष्टिक आहारको कमीलगायत कारणले सुत्केरीको ज्यान जोखिम पर्ने गरेको स्वास्थ्यकर्मीकाे भनाइ छ ।साथै सरकाले लागु गरेको सुत्केरी हवाई उद्धार बाजुरामा पनि प्रभावकारी बनाउन जरुरी रहेकाे उनीहरुकाे भनाइ छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर