• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुरामा प्रथम छेडेदह क्रिकेट कप हुने

खप्तड मालिका न्युज October 21, 2025 मा प्रकाशित (७ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकाे छेडेदह स्पाेर्ट्स क्लवले याे बर्ष जिल्ला स्तरिय क्रिकेट प्रतियाेगिताकाे आयोजना गर्ने भएको छ। हरेक बर्ष नेपालीहरुकाे महान चाड दिपावलीकाे अवसरमा फुटवल प्रतियाेगिता गर्दै आएकाे स्पाेर्ट्स क्लवले याे बर्ष भने क्रिकेट प्रतियाेगिता गर्ने भएको हाे।

खेल उत्सवको रुपमा आयोजना हुदैं आएको सुन्दर नगरी आटीचाैरमा स्पाेर्ट्स क्लवकाे आयोजनामा यहि कार्तिक ६ देखि ८ गतेसम्म प्रथम छेडेदह कप क्रिकेट प्रतियाेगिता २०८२ सञ्चालन हुने भएको छ।

सर्वश्रेष्ठ खेल प्रदर्शन र खेल भावना प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा दर्शक महानुभावहरूलाई उपस्थितिका लागि आग्रह समेत गरिएको छ।

बाजुरा खेल्छ,बाजुरासँग खेलाडी छन। आफ्नै मैदानमा खेलाडी जन्मिन्छन् भन्ने प्रमाण छेडेदह गोल्डकपलाई उदाहरणकाे रुपमा लिन सकिन्छ।हरेक बर्ष गाेल्डकपकाे आयोजना गर्ने छेडेदहले यस बर्ष क्रिकेट प्रतियाेगिता गरेर चित्त बुझाउने भएको हाे।

सुन्दर नगरी आटीचौरको सेरोफेरो अनि हावापानीले
सम्झिरहने र याद गरिरहने गरेकाे छ। प्रेम ताल, बडालेक, डाँडाशैन, बथानलेक र कुडीकोटको सुन्दरतामा दर्शकहरु रमाउने गरेका छन्।प्रतियाेगितामा विजेता हुने टिमलाई नगद २१ हजार १ सय ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै द्वितीय हुने टिमलाई नगद ११ हजार १०० ट्रफी, मेडल,र प्रमाणपत्र प्रदान गरिने भएको छ।प्रतियाेगिताकाे लागी टिम दर्ता शुल्क तीन हजार रहेकाे छ । खेलमा जिल्ला भन्दा बाहिर खेलाडी राख्न पाईने छैन्। भने खेल क्यानकाे नियम अनुसार खेलाईने भएको छ।थप जानकारीका लागी लोकेन्द्र खड्काकाे माेबाईल नम्बर ९८४८५२३५१२ मा सम्पर्क गर्ने सकिने आयोजकले बताएको छ।

छेडेदह स्पाेर्ट्स क्लवले छैटौं संस्करण सम्मकाे गाेल्डकप प्रतियाेगिताकाे आयोजना गरि सकेकाे छ । प्रत्येक बर्ष छेडेदह स्पाेर्ट्स क्लवले आयोजना गर्ने गाेल्डकप निकै राेमाञ्चक हुने गरेकाे छ। गाेल्डकपकाे उपाधी भने कन्सर्न बाजुराकै कब्जामा रहने गरेकाे छ। छैटौं संस्करणकाे गाेल्डकपमा विजेताले ३ लाख र उपविजेताले २ लाख प्राप्त गरेका थिए ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑