• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

धनगढीमा ९० कट्टामा फूल खेती,तिहारमा ६० क्विन्टल उत्पादन हुने

खप्तड मालिका न्युज October 19, 2025 मा प्रकाशित (७ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी: धनगढी उपमहानगरपालिका क्षेत्रमा यो वर्ष ९० कट्टा जमिनमा व्यावसायिक पुष्पखेती गरिएको छ। यो वर्ष धनगढीका ९ जना किसानले व्यावसायिक फूल खेती गरेका छन्।

तिहारमा धनगढीमै उत्पादित ६० क्विन्टल सयपत्री फूल बजारमा आउने भएको छ। धनगढी पुष्प व्यवसायी कृषक समूहमा आबद्ध ८ जना किसानले उत्पादन गरेको ४० क्विन्टल र धनगढी-९ मा पुष्पखेती गरिरहेका युवा रोशन साउँदले तिहारमा थप २० क्विन्टल सयपत्री फूल उत्पादन हुने बताएका हुन्।

धनगढी-६ मटियारीमा न्यू बन्डोली नर्सरी कन्सर्नका सञ्चालक शङ्करसिंह बिष्टले यो वर्ष २२ कट्ठामा फूलखेती गरेका छन्। उनले तिहारमा मात्रै १५ क्विन्टल सयपत्री उत्पादन हुने बताएका छन्। “यो वर्ष तिहारमा मात्रै १५ क्विन्टल सयपत्री उत्पादन हुन्छ भन्ने अनुमान छ,” उनले भने, “अहिले सयपत्री ढकमक्क फूलेको छ। हामीले चिस्यान केन्द्रमा भण्डारसमेत गर्न थालेका छौँ।”

धनगढी-९ मा १०८ दि डिभाइन एग्रो फार्म सञ्चालन गरिरहेका रोशन साउँदले यो वर्ष २२ कट्ठामा फूल खेती गरेका छन्। उनले तिहारमा २० क्विन्टल फूल बजारमा पठाउने तयारी गरेका छन्। “यो वर्ष २२ कट्ठा क्षेत्रफल फूल खेती गरेको छु। फूल राम्रो फूलेको छ। कम्तीमा १६ हजार माला अर्थात् २० क्विन्टल फूल तिहारमा मात्रै बिक्री गर्ने लक्ष्य राखेको छु,” साउँदले दिनेशखबरसँग भने।

धनगढी-१३ का किसान पुष्कर बिष्टले यो वर्ष १२ कट्ठामा फूल खेती गरेका छन्। बिष्टले तिहारमा चार क्विन्टल फूल उत्पादन हुने बताएका छन्। यस्तै, धनगढी-१२ मा आशा पन्त मिश्रले १० कट्ठा तथा कृतिका सिंहले ३ कट्ठामा फूल खेती गरेका छन्। यसैगरी, धनगढी-१३ राजपुरमा गीता बिष्टले ६ कट्ठामा पुष्पखेती गरेकी छन् भने धनगढी-५ तारानगरका बलदेवप्रसाद भट्टले ५ कट्टामा पुष्पखेती गरेका छन्।

धनगढी-४ मा रिता अवस्थीले ६ कट्ठामा फूल खेती गरेकी छन्। उनले तिहारमा ६ क्वीन्टल फूल उत्पादन हुने बताएकी छन्।

धनगढी-८ का जोगेन्द्र सेटीले यो वर्ष ६ कट्टामा फूल खेती गरेका छन्। उनले आफ्नो बारीमा तिहारका लागि कम्तिमा पाँच क्विन्टल फूल उत्पादन हुने बताएका छन्। धनगढीका यी पुष्प व्यवसायी किसानले २०७९ देखि फूल उत्पादन गर्न थालेका हुन्। धनगढी उपमहानगरपालिकाले सुरुमै किसानहरूलाई फूल खेती गर्न तालिम दिएको थियो। त्यसपछि किसानहरूलाई सजावट सम्बन्धी तालिम दिएको उपमहानगरले आर्थिक सहयोग समेत गरेको किसान शङ्करसिंह बिष्टले बताए। फूल उत्पादन गर्न किसानहरूलाई कृषि विकास निर्देशनालय डोटीले समेत सहयोग गरेको बिष्टले बताए।

धनगढी उपमहानगरको बजारीकरणमा सहयोग

शङ्करसिंह बिष्ट, जोगेन्द्र सेटीलगायत किसानले सबै सिजनमा फूल उत्पादन गर्दै आएका छन्।

धनगढी उपमहानगरपालिकाले प्लास्टिकको फूल, माला र सजावटका सामग्री बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएपछि किसानहरूले बजार पाउन सजिलो भएको बताएका छन्। धनगढीमा प्लास्टिक प्रतिबन्ध भएकाले आफूले उत्पादन गरेको फूल बिक्री गर्न सहज भएको रोशन साउँदले बताए। यस्तै धनगढी उपमहानगरले धनगढीमा उत्पादित फूल काठमाडौँ पठाउन हवाई भाडामा अनुदान दिने गरेको छ। प्रति किलोग्राममा ५० रुपैयाँ अनुदान पाउने गरेको किसान शङ्कर बिष्टले बताए। उत्पादन बढाउन र बजारीकरण गर्न किसानलाई सहयोग गर्ने नीति उपमहानगरपालिकाले लिएको छ।दिनेश खवरबाट….

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑