

बाजुरा: खप्तड छेडेदह गाउँपालिकालाई अर्काे एम्बुलेन्स प्राप्त भएको छ। काठमाडौं महानगरपालिकाले गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । महानगरपालिकाले बाजुराकाे खप्तड छेडेदह सहीत ३५ वटा स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको हो ।
महानगरपालिकाले हरेक बर्ष ग्रामिण क्षेत्रकाे स्वास्थ्य उपचारमा सहयाेग पुर्याउन एम्बुलेन्स उपहार स्वरुप प्रदान गर्दै आएकाे छ ।महानगरपालिकाले आवश्यकता सहीतको निवेदनका आधारमा एम्बुलेन्स सहयोग गर्ने गरेकाे छ ।
महानगरले वितरण गरेका ३५ वटा एम्बुलेन्स मध्ये बाजुराको खप्तड छेडेदह गाउँपालिका सहीत बझाङ र अछाम जिल्लाका स्थानीय तहले पनि प्राप्त गरेका छन् । राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक कार्यक्रमका बीच सम्बन्धित पालिकालाई हस्तान्त्रण गरिएको थियो । ।
महानगरले हस्तान्तरण गरेकाे एम्बुलेन्स गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले ग्रहण गरेका हुन् ।एम्बुलेन्स ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष रावतले महानगरलाई धन्यवाद समेत दिएका हुन्। एम्बुलेन्स सहयाेगले गाउँपालिकाकाे स्वास्थ्य क्षेत्रमा थप सहयाेग पुग्ने बताएका हुन्।
अब छेडेदह गाउँपालिकासंग अब २ वटा एम्बुलेन्स भएका छन् ।यस अघि भारतीय राजदुतावासले नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स सहयोग गरेकाे थियो । दुई वटा एम्बुलेन्सले यहाँका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा लगिएकाे अध्यक्ष रावतले बताएका छन्।
पालिकाको १ र २ वडाका लागि काँडामा एक वटा र अर्को पालिकाको केन्द्र डोगडी स्वास्थ्य चौकीमा एम्बुलेन्स राख्ने र सोही कार्यविधी मार्फत सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। दुई वटा एम्बुलेन्स सेवाले यहाँका नागरिकहरुकाे स्वास्थ्य उपचारमा सहज हुने अपेक्षा समेत लगिएकाे छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर