
बाजुरा: बाजुराकाे खप्तड छेडेदह गाउँपालिकामा जङ्गली भालुकाे आक्रमणबाट एक महिला गम्भीर घाईते भएकी छन्।

घाईते हुनेमा वडा नम्बर ३ धनाल्तका भिम रावतकी ४५ बर्षकी श्रीमती जाैकला रावत रहेकी छन्। उनलाई मेलगडेन भन्ने ठाउँमा भालुले आक्रमण गरेर गम्भीर घाईते बनाएकाे हाे ।
रावत बजारबाट काक्रा बिक्रि गरेर घर फर्किने क्रममा भालुले आक्रमण गरेकाे खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष विशु देवी नाथले बताएकी छन्।
उनका अनुसार,गम्भीर घाईते भएकी रावतकाे पाखुरा,खुट्टा र टाउकाे र मुखमा चाेटपटक लागेकाे बताएकी छन्।गम्भीर घाईते भएकी उनलाई उपचारकाे लागी वयलपाटा अस्पताल अछाम लगिएकाे उपाध्यक्ष नाथले बताउनु भएको छ ।
छेडेदहमा भालुले आक्रमण गर्ने घटना बढि घट्ने गरेका छन् । याे भन्दा अघि पनि साेही गाउँपालिकाकाे वडा नम्बर ३ धुर्ताेला बस्ने अन्दाजी ३५ बर्षका रणबहादुर रावतलाई भालुले आक्रमण गरि गम्भीर घाईते बनाएकाे थियाे ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर