
बाजुरा: बुढिगङ्गा नगरपालिकामा खुला खसी कप व्याटमिन्टन प्रतियोगिता हुने भएको छ ।नेपालीहरुकाे महान चाड बिजयादशमीकाे शुभ-उपलक्ष्यमा खुल्ला खसी कप व्याटमिन्टन प्रतियोगिता हुने भएको हाे ।

बुढिगङ्गा नगरपालिकाकाे व्याटमिन्टन हलमा यहि असाेज ११ गते विहान ६ बजे प्रतियाेगिता सञ्चालन हुने बताईएकाे छ । सबै उमेर समुहका खेलाडीहरुले खेलमा भाग लिन पाउने छन् भने प्रतियाेगितामा पुरुष डबल तरिकाले खेलाईने छ ।
प्रतियाेगिताकाे लागी टिम दर्ता अर्थात रजिस्ट्रेशन शुल्क प्रती टिम दुई हजार रहेकाे छ । टिम दर्ताकाे लागी असाेज १० गते बेलुका ६ बजेसम्मकाे लागी समय ताेकिएकाे छ ।
प्रतियाेगितामा प्रथम हुने टिमलाई १ खसी उपहार सहित प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै खेलमा सहभागी सम्पुर्णलाई प्रमाणपत्र प्रदान गरिने भएको छ ।व्याटमिन्टनकाे आधाकारिक नियम अनुसार खेल खेलाईने छ भने खेलाडीहरुले आफ्नो खेलकाे ३० मिनेट अघि नै खेल मैदानमा उपस्थिति भईसक्नु पर्ने छ ।
खेल सम्बन्धी विस्तृत जानकारीका लागी हस्त खडायतकाे माेबाईल नम्बर ९८४९७२२११९ र गणेश राज रेग्मीकाे माेबाईल नम्बर ९८४००७३६७२ मा सम्पर्क गर्न आग्रह गरिएको छ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर