
काठमाडौंः सुडानको दारफुर क्षेत्रको एक मस्जिदमा ड्रोन आक्रमणमा परी ७० भन्दा बढी मानिसको मृत्यु भएको एक वरिष्ठ चिकित्सा स्रोतले बीबीसीलाई बताएको छ।शुक्रबार अल–फशेर शहरमा भएको आक्रमणका लागि अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस ९आरएसएफ०लाई दोष लगाइएको छ। तर उक्त समूहले जिम्मेवारी लिएको छैन।

आरएसएफ र सेना दुई वर्षभन्दा बढी समयदेखि भीषण गृहयुद्धमा फसेका छन्। अर्धसैनिक बलहरूले जमिन कब्जा गरिरहेका छन्। सम्पूर्ण अल–फशेरको नियन्त्रण कब्जा गर्ने प्रयास गरिरहेका छन्।
यो शहर दारफुरमा सेनाको अन्तिम गढ हो। यहाँ तीन लाखभन्दा बढी नागरिक फसेका छन्।एक स्थानीय बासिन्दाले बीबीसीलाई बताएअनुसार बिहानको प्रार्थनाको समयमा ड्रोन खस्यो र दर्जनौँ मानिस घटनास्थलमै मारिएका थिए।
चिकित्सा स्रोतहरूले ७८ जनाको मृत्यु भएको र करिब २० जना घाइते भएको बताएका छन्। भवनको भग्नावशेषबाट शव निकाल्ने काम अझै जारी छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर