
आइटीएफ विश्व जुनियर टेनिस प्रतियोगिता (एसिया ओसिएना प्रि क्वालिफाइङ) मा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्दै छन्।

फेब्रुअरी १४ देखि १९ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा राजवीर प्रधान र बोरिस अधिकारी तथा महिलामा सुनिरा थापा, आध्या पौडेल र जेनी खड्काले प्रतिस्पर्धा गर्ने छन्।त्यसपछि कोलम्बोमै फेब्रुअरी २१ देखि २६ तारिखसम्म हुने जुनियर डेभिस कपमा पुरुषमा अकी जुवेन रावत, राजवीर प्रधान र निश्चल कायश्थले खेल्ने छन्।
सोही दौरान हुने जुनियर बिली जिन किङ कपमा नेपाली महिला खेलाडी सुनिरा थापा, आइशा डोल्कर गुरुङ र प्रशंसा मोक्तानले सहभागिता जनाउने छन्। टोलीको प्रशिक्षकमा रामेश्वर थापा छन्।टोलीलाई नेपाल टेनिस संघका सदस्यद्वय अजय विष्ट र निरेश श्रेष्ठले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिहीबार बिदाइ गरे।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर